आजदेखि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु
२०८२ माघ ७, राजेश आचार्य ।
उद्योग वाणिज्य संघ झापाले आजदेखि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु गरेको छ।
‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा लक्ष्य पूरा गर्न घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि १२० विभिन्न स्टल रहने जनाइएको छ।
झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। दीर्घकालीन विकास र आन्तरिक बजार सवलीकरण गर्दै व्यवसायिक उत्थान तथा निकासीयोग्य वस्तुमा जोड दिने लक्ष्य रहेको उनले बताए।

माघ ७ देखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा सञ्चालन हुने महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको मूल आयोजकले जनाएको छ।




