आत्महत्या दुरुत्साहन गरेको आरोपमा डि आइ पक्राउ !

आत्महत्या दुरुत्साहन गरेको आरोपमा डि आइ पक्राउ !

बिर्तामोड झापा, आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले एक कलेजका डि आइ लाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका डि आइ  पवनकुमार दास रहेका छन् ।

दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका ३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उनी उक्त विद्यालयका अनुशासन विभाग प्रमुख समेत हुन् ।

मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहेकी उनले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ । सोनीका आफन्त र विद्यार्थीले बुधबार शिक्षक दासको घरमा तोडफोड गरेका थिए ।

आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको छ । जाहेरीका आधारमा शिक्षक दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Please follow and like us:
Pin Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email