घरबगैँचा कृषि सहकारी संस्थाको एघारौँ साधारणसभा सम्पन्न ।

बिर्तामोड झापा,
घरबगैँचा कृषि सहकारी संस्थाको एघारौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मी तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईँ र विशिष्ट अतिथि जिल्ला सहकारी संघ झापाका सञ्चालक समिति सदस्य हरि कृष्ण अधिकारी रहनु भएको थियो

अध्यक्ष तिवारी द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार गत बर्स ८२ लाख १० हजार ४ सय ३० रुपैयाँको वासलात रहेको संस्थाले ३ लाख ३७ हजार ७ सय ७८ रुपैयाँ नाफा कमाउन सफल भएको छ । बाह्रदशी गाउँपालिका भरि कार्यक्षेत्र रहेको संस्थामा ३ सय शेयर सदस्य रहेका छन ।
कार्यक्रममा संस्थाले आफ्ना ६ जना ज्येष्ठ सदस्यहरू लाई सम्मान गरेको थियो । सम्मानित सदस्यहरूमा मनी कुमार कार्की महेश्वर भट्टराई, लक्ष्मी प्रसाद चम्लागाईँ, चुडामणि अधिकारी, जनमाया कार्की र चन्द्रकला पौडेल रहनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुदै झापा जिल्ला सहकारी संघ सञ्चालक समिति सदस्य हरिकृष्ण अधिकारीले, नेपालकै ठूलो हु, भन्ने सहकारीको भन्दा राम्रो मुनाफा कमाएकोमा प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको सुभकामना दिनुभएको थियो ।
आर्थिक सङ्कटको बेलामा पनि राम्रो नाफा कमाउन सकेकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष चम्लागाईँले आगामी दिनमा कृषि क्षेत्रको विकासमा सहकारी सँग हातेमालो गर्दै अघि बढ्ने धारण व्यक्त गर्नुभयो ।
यस्तै बाह्रदशी वडा नम्बर ७ का वडाध्यक्ष मित्रराज भट्टराईले सहकारी संस्थाबाट लिएको ऋण सदस्यहरूले इमानदारी पूर्वक तिर्नपर्ने र संस्था पनि इमानदार रहनुपर्ने धारण राख्नुभयो । कार्यक्रममा कृष्णमाया भट्टराई र तारादेवी बुढाथोकीले भजन र नरप्रसाद शिवाकोटीले गुर्जोको विषयमा लेख सुनाउनु भएको थियो ।
व्यवस्थापक टिकाराम रोकाले सञ्चालन र ऋण लगानी संयोजक नरप्रसाद शिवाकोटीले स्वागत गर्नुभएको कार्यक्रममा मिलन संग्रौला, भरतकुमार रोका, भोजकुमारी खनाल, रविना तामाङ्ग लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।