नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

२०८२ माघ १, राजेश आचार्य ।

सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र पुरस्कारदाता उपप्रमुख कार्की र हल्दीबारी जेसिसकी संस्थापक अध्यक्ष युनिता दवाडीले बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

हल्दिबारी डटकमका प्रधान सम्पादकसमेत रहेका बिमलीलाई समाजप्रतिको उच्च सामाजिक उत्तरदायित्व, मानव सेवामा १२०औँ पटक रक्तदान गरी पुर्‍याएको अतुलनीय योगदान तथा विभिन्न सामाजिक संघ–संस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

आयोजकका अनुसार बिमलीको योगदानले समाजमा सेवाभाव, मानवता र पत्रकारिताको गरिमालाई थप उचाइ दिएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email