बाह्रदशी जेसीजको वर्ष २०२६ का लागि अध्यक्षमा सदिक्षा खड्का चयन
२०८२ पुष १०, प्रितम कुमार धमला ।
बाह्रदशी जेसिजको पाँचौं शाखा अधिबेशन बाट बर्ष २०२६ का लागी अध्यक्ष पदमा जेसी सदिक्षा खड्का सर्वसम्मत चयन हुनुभएको छ।

आज भएको बाह्रदशी जेसिजको पाँचौं शाखा अधिबेशन बाट बाह्रदशी जेसीज का लागि प्रथम महिला सदिक्षा खड्का सर्वसम्मत चयन हुनुभएको हो।
अध्यक्ष पदका लागि जेसि सदिछा खड्का र प्रकाश फुयेलको उम्मेदवारी रहेको थियो। जसमा प्रकाश फुयेलले आफ्नु उम्मेदवारी फिर्ता लिए संगै सदिक्षा खड्का सर्वसम्मत चयन भएकी हुन। उनी संगै कार्यकारिणी उपाध्यक्ष पदमा जेसी नवराज दाहाल, गोकुल घिमिरे सर्वसम्मत चयन भए।

त्यस्तै उपाध्यक्ष पदमा जेसी कृष्ण अधिकारी, जेसी मनोज खतिवडा, जेसी विनोद फुयेल, जेसी भूपेन्द्र दङ्गाल सर्वसम्मत चयन हुनुभएको थियो। त्यसैगरी वर्ष २६ का लागि निर्वाचित अध्यक्ष जेसी सदिक्षा खड्काले मनोनित पदहरूको समेत नाम घोषणा गर्नुभएको थियो।
जसमा कानुनी सल्लाहकार जेसी प्रकाश फुयेल, महासचिवमा जेसी नवीन त्रिताल, कोषाध्यक्षमा जेसी राजु अधिकारी लगायतलाई मनोनित गर्नुभएको हो।

बाह्रदशी जेसिजको पाँचौं शाखा अधिबेशनमा वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थ प्रसाद काफ्लेको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा पूर्व अध्यक्षहरु जेसी पुष्पलाल धमला, जेसी खगेन्द्र सुवेदी, संस्थापक अध्यक्ष जेसी विगम श्रेष्ठ लगायत बाह्रदशी जेसीज का वर्ष 2025 का बोर्ड पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

बाह्रदशी जेसीज को पाँचौं शाखा अधिवेशनमा अध्यक्ष,कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्षहरू लाई निर्वाचन आयुक्त वर्ष २०२३ का अध्यक्ष जेसी लक्ष्मीप्रसाद उप्रेती ले नाम घोषणा गर्नुभएको थियो।





