बाह्रदशी जेसीज:- जेसीज सप्ताह कार्यक्रम सम्पन्न ।

बाह्रदशी । बाह्रदशी जेसीजको जेसीज सप्ताह कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

बाह्रदशी जेसीज बर्ष २०२५का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख योगराज पौडेलको प्रमुख आतिथ्यमा जेसीज सप्ताह कार्यक्रम भव्य कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न भएको हो।

कार्तिक ८ गते बाट उद्घाटन गरी कार्तिक १४ गते जेष्ठ नागरिकको भवनमा एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष गोपाल उप्रेतीले आस्था वाचन र जेसीज मिसन भिजन प्रस्तुत गरेका थिए।सप्ताह कार्यक्रमका मूल संयोजक तथा बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख योगराज पौडेल,फुलबारी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष ओम प्रकाश गौतम,राजगढ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रामप्रसाद दुलाल,मातृशाखा सुरुङ्गा जेसीजका अध्यक्ष जेसी दीपेन्द्र प्रधान, पूर्व वडा अध्यक्ष भूपेन्द्र कटवाल,बाह्रदशी गाउँपालिका वार्ड नं ५ का वडा सदस्य जय तिम्सिना, बाह्रदशी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र कार्की लगायतले बाह्रदशी जेसीजको खुलेर प्रशंसा गर्नुका साथै बाह्रदशी जेसीज सङ्ग सहकार्य गरेर कार्यक्रमहरू गर्न विभिन्न संघसंस्थाहरूलाई आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन वर्ष २०२५ कि महासचिव सदिक्षा खड्काले गर्नुभएको थियो भने सप्ताह कार्यक्रमका मूल संयोजक तथा वर्ष २०२५ का कार्यकारणी उपाध्यक्ष राजु अधिकारीले सम्पूर्ण कार्यक्रमको समीक्षा गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेले सप्ताह कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी मनहरु, सम्पूर्ण संयोजकहरू, सम्पूर्ण पूर्व अध्यक्षहरू निवर्तमान अध्यक्ष लगायत सम्पूर्णलाई धन्यवाद दिँदै सप्ताह कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने सबैलाई मायाको चिनो वितरण गर्नुभएको थियो।

जेसीजले सप्ताह कार्यक्रमलाई एक चाडपर्व को रूपमा विभिन्न सामाजिक कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गर्दछु।त्यसैले जेसीजका लागि सप्ताह एक पर्व हो त्यही अनुरुप बाह्रदशी जेसीजले पनि सप्ताह कार्यक्रम लाई भव्यताका साथ सम्पन्न गर्यो।

सात दिन सम्म सञ्चालन रहेको जेसीज सप्ताह कार्यक्रममा बाह्रदशी जेसीजले पहिलो कार्यक्रम मिनी म्याराथन को आयोजना गरी सम्पन्न गर्यो।त्यसै गरी दोश्रो कार्यक्रम बाह्रदशी जेसीज भर्सेज बाह्रदशी सामुदायीक स्कुलका शिक्षक बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरि सम्पन्न गर्यो,त्यस्तै तेस्रो कार्यक्रम शिक्षण तालिम को आयोजना गरी सम्पन्न गर्यो। त्यसैगरी चौथो कार्यक्रम कृषि फार्म अवलोकन कार्यक्रमको आयोजना गरी सम्पन्न गरियो त्यसैगरी पाँचौं कार्यक्रम असहाय परिवारलाई १ लाख बराबरको स्वास्थ्य बीमा साथै आर्थिक सहयोग गरी सम्पन्न गरियो। त्यसैगरी छैठौं कार्यक्रम बाह्रदशी सामुदायिक क्याम्पसका विद्यार्थीहरुलाई सार्वजनिक भाषण प्रशिक्षणको आयोजना गरी सम्पन्न गर्यो भने सातौं कार्यक्रम बाह्रदशी भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू लाई सहभागी गराई वक्तित्वकला प्रतियोगिताको आयोजना गरी सम्पन्न गर्यो।

यसरी पछिल्लो समय बाह्रदशी जेसीजले बाह्रदशी गाउँपालिका भित्र उदाहरणीय संस्थाको रूपमा आफूलाई स्थापित गर्दै गइरहेको छ। असहाय दुःखीहरूका लागि सहारा बन्दैछ, असाहाय विद्यार्थीहरूका लागि अभिभावकत्व ग्रहण गरी शैक्षिक क्षेत्रमा समेत हातेमालो गर्दै अगाडि बढिरहेको छ र बाह्रदशी गाउँपालिकामा सबैको साझा संस्था भनेर आफूलाई उभ्याएको छ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email