बाह्रदशी जेसीज बर्ष २०२५ कार्यकालका कार्यक्रम तथा उपलब्धिहरु सार्वजनिक।


बाह्रदशी जेसीजको पद हस्तान्तरणको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत वर्ष २०२५ का अध्यक्ष तीर्थ काफ्लेले आफ्नो कार्यकालमा सम्पन्न कार्यक्रम तथा उपलब्धि सार्वजनिक गरेका छन् ।


बाह्रदशी जेसीज वर्ष २०२५ ले आफ्नो कार्यकालमा सम्पन्न भएका वार्षिक गतिविधिहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । अध्यक्ष काफ्लेका अनुसार आफ्नो कार्यकालमा बाह्रदशी जेसीजले ४४ वटा महत्वपूर्ण कार्यक्रम तथा गतिविधि सफलतापूर्वक सम्पन्न गरेको छ ।


संस्थापक महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका काफ्लेले पूर्व अध्यक्षहरूले सञ्चालन गरेका सामाजिक गतिविधिहरूलाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा पाँच वटा नयाँ तथा फरक कार्यक्रम सञ्चालन गरिएको बताए ।

संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधिहरू सञ्चालन गरिएको उनको भनाइ छ ।


बाह्रदशी जेसीजले शिक्षा र मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै विद्यार्थी लक्षित कार्यक्रमहरू समेत सञ्चालन गरेको जनाएको छ । यस अन्तर्गत बाह्रदशी गाउँपालिका–७ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।
त्यसैगरी ‘अध्यक्ष प्रकरण’ अन्तर्गत ‘परिवर्तनका लागि एकता’ कार्यक्रमको सुरुआत गरिएको छ । सो कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई समेटेर वक्तृत्व कला कार्यक्रम सञ्चालन गरिएको छ ।
समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यसहित ‘जेसीज धारा’ निर्माण कार्यक्रमसमेत अघि बढाइएको छ । सार्वजनिक स्थानमा खानेपानीको सहज पहुँचका लागि धारा जडान कार्य प्रारम्भ गरिएको र बाह्रदशी गाउँपालिका–६ स्थित विहीबारे बजारमा सार्वजनिक धारा जडान गरी समुदायलाई हस्तान्तरण गरिसकिएको अध्यक्ष काफ्लेले जानकारी दिए ।
यसका साथै जेसीजले व्यक्तिको क्षमता तथा नेतृत्व विकासमा कसरी सहयोग गर्छ भन्ने विषय समेटेर तालिमसहितका कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए । “युवालाई सक्षम, जिम्मेवार र नेतृत्वशील बनाउने हाम्रो मूल उद्देश्य हो,” अध्यक्ष काफ्लेले पत्रकार सम्मेलनमा उल्लेख गरे ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email