वीरता जेसीजमा झण्डोत्तोलन गरेर कार्यकाल शुभारम्भ

वीरता जेसीजमा झण्डोत्तोलन गरेर कार्यकाल शुभारम्भ

बिर्तामोड , वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ। बुधबार झण्डोत्तोलनका साथ सन् २०२६ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष लोकचन्द्र श्रेष्ठले घोषणा गरे।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेका थिए। 
नेपाल जेसीजका पूर्व राष्ट्रिय तालिम आयुुक्तसमेत रहेका प्रमुख अतिथि गिरीले राष्ट्रिय झण्डा सबै नेपालीको गौरव र जेसीजको झण्डा जेसीज युवाको शान भएको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका गिरीले औपचारिकतामा सीमित हुने कार्यक्रमभन्दा समाजमा सकारात्मक प्रभाव पार्नसक्ने रचनात्मक काम गर्न सुझाव दिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु राजिव धिमाल, घनश्याम चौधरी, विकास बस्नेत, निवर्तमान अध्यक्ष युवराज कुँवरले शुभकामना व्यक्त गरेका थिए।

धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष पुकार बरालले गरेका गिए । कार्यक्रम संयोजक बोर्डका उपाध्यक्ष विश्वजित हलवाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुभाष तिखत्रीले गरेका थिए ।जेसीज सचिवालयसँगै शिव पाञ्चायन मन्दिर रहेको छतमा पहिलो पटक सन् २०१८ मा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा फहराइएको थियो । त्यसयताका हरेक कार्यसमितिले झण्डोत्तोलनका साथ आफ्नो कार्यकालको सुरुवात गर्दै आएका छन्। झण्डोत्तोलन अघि संयुक्त वैठक, वर्ष २०२६को पहिलो बोर्ड वैठक र बुझबुझरत सम्पन्न भएको थियो ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email