श्री चारआली बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न
श्री चारआली बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।



समाजसेवी टेकनाथ उप्रेती प्रमुख अतिथि रहनु भएको कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज कार्कीले अध्यक्षता गर्नुभएको थियो। विशिष्ट अतिथि, शेयर सदस्य तथा अन्य अतिथिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्षबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो।

सभामा वार्षिक आय–व्यय विवरण प्रस्तुत गरिएको थियो भने वर्ष उत्कृष्ट सदस्य पुरुषतर्फ वीरेन्द्र ठाकुर र महिलातर्फ निर्मला बराइली सम्मानित हुनुभयो। साथै जेष्ठ नागरिक माधवप्रसाद काफ्ले, उत्कृष्ट विद्यार्थी चन्द्रकला घिमिरे र सबिना आचार्य तथा वर्ष उत्कृष्ट कर्मचारी (बजार प्रतिनिधि) दिपा भुजेललाई सम्मान गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य व्यक्त गर्दै सहकारीको प्रगतिप्रति प्रशंसा गर्नुभएको थियो ।





