एनिक र निसिमलाइ मिस्टर एन्ड मिस एसइइको उपाधि

एनिक र निसिमलाइ मिस्टर एन्ड मिस एसइइको उपाधि

बिर्तामोड, जेठ १५ । मिस्टर एन्ड मिस एसइइ २०२३ कोशी प्रदेशअन्तर्गत मिस एसइइको उपाधि चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल बिर्तामोडकी निसिम थाम्सुहाङले जितेकी छन् ।

आज साँझ झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगिताको फिनालेमा अन्य २० जना प्रतियोगीलाई पछि पार्दै थाम्सुहाङले उपाधि जितेकी हुन् ।
प्रतियोगितामा फर्स्ट रनरअप सोही विद्यालयकी सलिना गुरागाईं भइन् भने सेकेन्ड रनरअप सुरुंगाको हरिकुल नमुना माविकी चेतसा नेउपाने भइन् ।

त्यस्तै, मिस्टर एसइइको उपाधि बिर्तामोडको न्युटन्स एजुकेसन एकाडेमीका एनिक चौधरीले जिते । फर्स्ट रनरअप इलामका उत्तम थापा र सेकेन्ड रनरअप चारआलीको सहिद दशरथ चन्द माविका योगेश लिम्बू भए ।

बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रालिका निर्देशक एलसी श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा श्वेता श्रेष्ठ, चेतन ढुंगेल, स्वस्तिका आचार्य र सविना लिम्बू निर्णायकको भूमिकामा रहेका थिए ।भने उक्त कार्यक्रमको प्रोग्राम कोर्डिनेटर बिजय लिम्बू रहनु भएको थियो।

कार्यक्रममा स्वागत दिनेशराज शर्माले गरेका थिए भने फिनालेको सञ्चालन सुरज प्रधान र अनुप भण्डारीले गरेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email