प्याप्सन बाह्रदशीद्वारा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

प्याप्सन बाह्रदशीद्वारा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

२०८२ पुस ५ , राजेश आचार्य ।

प्याप्सन झापाको आयोजना तथा बाह्रदशी गाउँपालिकाको सहयोगमा प्याप्सन बाह्रदशीद्वरा सञ्चालित बाह्रदशी सांस्कृतिक कार्यक्रम–गायन तथा नृत्य प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ स्थित फुलबारी कबडहलमा बिहीबार प्याप्सन बाह्रदशीका अध्यक्ष निमेश ढुंगेलको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईको प्रमुख आतिथ्यतामा प्रतियोगिता गरिएको हो।

कार्यक्रममा गायनतर्फ १२ वर्षभन्दा तल र १२ वर्षभन्दा माथि गरी दुई विधामा तथा नृत्यतर्फ क्लासिकल एकल नृत्य र सांस्कृतिक (कल्चरल) नृत्य गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिएको थियो।

१२ वर्षभन्दा माथिको गायनतर्फ मिनी माउन्टेन अङ्ग्रेजी माध्यमिक विद्यालय प्रथम,दिपजन अङ्ग्रेजी माध्यमिक विद्यालय दोस्रो रकञ्चनज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय तेस्रो हुन सफल भए।

क्लासिकल एकल नृत्यतर्फ मिनी माउन्टेन अङ्ग्रेजी माध्यमिक विद्यालय प्रथम,सूर्योदय अङ्ग्रेजी विद्यालय दोस्रो रदिव्य ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय तेस्रो भए।

त्यस्तै सांस्कृतिक नृत्यतर्फ कञ्चनज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय र दिपजन अङ्ग्रेजी माध्यमिक विद्यालय बराबरी अङ्कसहित प्रथम,दिव्य ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय दोस्रो तथाकञ्चनगढ अङ्ग्रेजी माध्यमिक विद्यालय तेस्रो भएका थिए।

प्रतियोगितामा १० वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सीताराम बराल र हरबहादुर राजवंशीले गर्नुभएको थियो भने प्याप्सन झापाका सचिव लक्ष्मी उप्रेतीले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा प्याप्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की, वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर कार्की, वडा नम्बर ४ का वडाध्यक्ष महताब आलम, प्याप्सन कोशी प्रदेशका पूर्व सह–कोषाध्यक्ष जीवन पनेरु, झापा प्याप्सनका सल्लाहकार अमृतबहादुर बुढाथोकी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares