डि ब्रदर्स इन्टरटेण्टमेन्ट एण्ड मिडिया प्रा. लि.को माइ वे राष्ट्रिय ब्यापी एकल नृत्य प्रतियोगिता को दोश्रो अडिसन बुध्दशान्ती मा सम्पन्न

डि ब्रदर्स इन्टरटेण्टमेन्ट एण्ड मिडिया प्रा. लि.को माइ वे राष्ट्रिय ब्यापी एकल नृत्य प्रतियोगिता को दोश्रो अडिसन बुध्दशान्ती मा सम्पन्न

झापा बुधबारे,२०८० जेष्ठ २०,डि ब्रदर्स इन्टरटेण्टमेन्ट एण्ड मिडिया प्रा. लि. बिर्तामाेडले आयाेजना गरेकाे १६ बर्ष सम्मकाे उमेर समुहकाे एकल नृत्य प्रतियाेगिता २०८० काे पहिलाे चरणकाे तेस्राे अडिसन बुद्धशान्ति गाउपालिकाको बुधवारेमा शनिबार सम्पन्न भएकाे छ।

झापा बुधबारेकाे क्राउन डान्स एकाडेमीमा सम्पन्न भएकाे आजकाे अडिसनमा जम्मा ४० जना प्रतियाेगीहरुवाट ३० जनालाई दाेस्राे चरणमा छनाैट गरिएकाे हो। राष्ट्रिय ब्यापी यस प्रतियाेगिताकाे छनाैट कार्यक्रम प्रदेश १ भरि फिल्ड अडिसन र प्रदेश १ बाहिरकाे प्रतियाेगीहरुलाई अनलाईन अडिसनवाट छनाैट गरिनेछ। फिल्ड अडिसनका लागि प्रदेश १ भरिका बिर्तामाेड दमक, काकडभि्ट्टा बुधबारे ईटहरी ईलाम फिदिममा अडिसन गरिने यस कार्यक्रमका निर्देशक दिपेश राईले जानकारी दिनु भयाे।

यस कार्यक्रमका बिजेताले नगद रु १ लाख, दाेस्राेले ५० हजार, तेस्राे हुनेले ३० हजार र उत्कृष्ट १० ले बिभिन् गिफ्ट ह्यामपरकाे ब्याबस्था गरिएकाे यस कार्यक्रमका संयाेजक दिनेश कु. बिश्वकर्माले जानकारी दिनु भयाे। आगामी भदाै महिना फाइनल हुने यस प्रतियाेगितामा अडिसन राउण्ड, मेगा राउण्ड, काेरियाेग्री राउण्ड, क्वाटर फाइनल राउण्ड, सेमीफाइनल राउण्ड र फाइनल गरि जम्मा ६ वाट राउण्ड गरिनेछ भने यस प्रतियोगिताकाे आजकाे अडिसनमा बुधबारे जयपुर चाराली शान्तिनगर लगायतका नृत्यकारहरुले आफ्नाे प्रस्तुति दिएका थिए।

यस कार्यक्रमकाे फाइनल सम्मकाे मुख्य निर्णायक नेपाल चलचित्र नृत्य संघका संयाेजक , नृत्य कलाकार केन्द्र प्रदेश १ का महासचिव तथा झापा जिल्ला नृत्यकालाकार संघका बरिस्ठ उपाध्यक्ष राज लावती रहनु भएकाे साथै फाइनल कार्यक्रममा चर्चित नृत्यकार काेरियाेग्राफर सुजन मार्फा तामाङकाे पनि निर्णायककाे लागि उपस्थित हुने आयाेजकले जनाएकाे छ। अफिसियल अनलाईन मिडिया फुलबारी मिडिया रहेकाे आजकाे छनाैट चरणकाे कार्यक्रमकाे निर्णायक वरिष्ठ नृत्य निर्देशक राज लावती र काेरियाेग्राफर मन्जिल विश्वकर्मा रहनु भएकाे र आगामी जेष्ठ २७ गते मेचिनगरकाे काकडभिट्टामा, असार २ गते इलाम र पाचथरकाे फिदिममा, असार ९ गते बिराटचाैक र धरानमा र अन्य बिभिन्न स्थानमा अडिसन हुने कार्यक्रमका निर्देशक दिपेश राईले जानकारी दिनु भयाे।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares