बाह्रदशी दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी तीव्र, खेलाडी छनोट सुरु
२०८२ पुष १९ , राजेश आचार्य ।
बाह्रदशी दोस्रो अध्यक्ष कप प्रदेश स्तरीय आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता -२०८२ तयारी तीव्र रूपमा अघि बढाइएको छ। प्रतियोगिताको तयारीका क्रममा आज बाह्रदशी गाउँपालिका भित्रका विभिन्न वडाका खेलाडीहरूलाई आमन्त्रित गरी छनोट प्रतियोगिता सम्पन्न गरिएको हो।
दोस्रो बाह्रदशी अध्यक्ष कप आयोजक समितिका अध्यक्ष दलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न खेलाडी छनोट कार्यक्रममा झापा जिल्ला भलिबल सङ्घका अध्यक्ष शैलेन्द्र श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक राजु श्रेष्ठ मुख्य छनोटकर्ताको रूपमा रहनुभएको थियो।

छनोट प्रतियोगिताको पहिलो चरणमा २७ जना खेलाडी छनोट गरिएको थियो। ती मध्ये बाट २१ जना खेलाडीलाई अन्तिम रूपमा छनोट गरी प्रशिक्षणमा सहभागी गराइने आयोजक समितिले जनाएको छ। प्रशिक्षणपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई दोस्रो बाह्रदशी अध्यक्ष कप प्रतियोगितामा बाह्रदशी गाउँपालिकाको टिमबाट सहभागी गराइनेछ।

छनोट हुने अन्तिम २१ जना खेलाडीको नाम निम्न अनुसार रहेको छ।
१. दिपेश दाहाल बाह्रदशी – ४
२. निर्मल चापागाईं बाह्रदशी – ४
३. समीप उप्रेती बाह्रदशी – ५
४. कुशल राजवंशी बाह्रदशी – ३
५. विक्रम मर्डि बाह्रदशी – ४
६. रिहान मेचे बाह्रदशी – ५
७. सौरभ बस्नेत बाह्रदशी – ३
८. आयुष मेचे बाह्रदशी – ५
९. रोहित आलम बाह्रदशी – ४
१०. श्रवण हेमरम बाह्रदशी – ३
११. निरज पराजुली बाह्रदशी – ४
१२. भास्कर खड्का बाह्रदशी – ६
१३. सबिन खड्का बाह्रदशी – ४
१४. हरि खड्का बाह्रदशी – ४
१५. विप्लव रसाइली बाह्रदशी – ३
१६. कृष्ण राजवंशी बाह्रदशी – ५
१७. गौरव बस्नेत बाह्रदशी – ३
१८. विकास मल्लिक बाह्रदशी – २
१९. शीर्षक बानिया बाह्रदशी – ५
२०. प्रदीप कार्की बाह्रदशी – ४
२१. ऋषभ राजवंशी बाह्रदशी – ५
छनोट भएका खेलाडीहरूको प्रशिक्षण भोलि मिति २०८२–०९–२० गतेदेखि आज छनोट प्रतियोगिता भएकै मैदानमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ।
बाह्रदशी दोस्रो अध्यक्ष कप प्रदेश स्तरीय आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २८ देखि फागुन २ गतेसम्म सञ्चालनमा रहने आयोजक समितिले जानकारी दिएको छ।




