दमक नगरपालिकाले कडा प्रतिस्पर्धापछि कोशी प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै जित हात पारेको थियो।

दमक नगरपालिकाले कडा प्रतिस्पर्धापछि कोशी प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै जित हात पारेको थियो।

२४ माघ २०८२, राजेश आचार्य ।

बाह्रदशीमा जारी बाह्रदशी दोस्रो अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्।

आज सम्पन्न पहिलो खेलमा भद्रपुर नगरपालिकाले झापा गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको थियो। त्यसैगरी दोस्रो खेलमा दमक नगरपालिकाले कडा प्रतिस्पर्धापछि कोशी प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै जित हात पारेको थियो।

त्यस्तै, आजै सम्पन्न तेस्रो खेलमा पाँचखपन नगरपालिकाले बिर्तामोड नगरपालिकालाई ३–१ को सेटमा हराउँदै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाएको छ।

बाह्रदशी दोस्रो अध्यक्ष कप प्रतियोगिता सञ्चालन समितिको आयोजनामा तथा बाह्रदशी खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

बाह्रदशी गाउँपालिकाको प्राङ्गणमा माघ २३ गतेदेखि सुरु भएको प्रतियोगिता माघ २६ गतेसम्म सञ्चालन हुनेछ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares