प्रहरीलाई धम्क्याएपछि काठमाडौंबाट नितेश ओली पक्राउ ।

बिर्तामोड । विदेशमा बसेर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै गालीगलौच गर्ने हल्दिवारी – १ का २७ वर्षीय नवराज ओली ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशबाट नेपाल आई काठामाडौंमा लुकिछिपी बसेका ओलीलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको हो । सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरुलाई तथ्यहिन आरोप लगाउने कार्यमा सक्रिय ओलीलाई अभद्र कसुरमा पक्राउ गरी झापा प्रहरीले अनुसन्धान थालेको छ । ओलीले गोल्धाप प्रहरीलाई फोन गरेर धाकधम्की दिएको, अश्लिल शब्दहरु प्रयोग गरेको उजुरी परेको थियो । सो उजुरीका आधारमा पक्राउ परेका ओलीलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको झापा प्रहरीका प्रवत्तःा खगेन्द्र बहादुर खड्काले जानकारी दिए । चैत ३ गते पक्राउ परेका ओलीलाई प्रहरीले पक्राउ गरेपछि अन्य व्यक्तिहरुले साइवर मुद्धामा समेत उजुरी दिईरहेको बुझिएको छ । ओलीले झापाका जनप्रतिनिधि, प्रहरी प्रशासन, पार्टीका नेताहरु, पत्रकारहरुलाई विदेशमा बसेर तथानाम गालीगलौच, चरित्र हत्या गर्दै आएका छन् ।

Please follow and like us:
Pin Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email