बाह्रदशी जेसिजले मनायो होली पर्व।

रङहरूको पर्व होली पर्व अर्थात फागु पर्व आज धुमधामका साथ मधेस तथा तराईमा होली पर्व मनाइँदैछ। शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिहरूको अन्त्य भएको उपलक्ष्यमा होली अर्थात् फागु खेल्ने परम्परा मानिन्छ।बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ्गहरू र पानी सँग खेल्ने परम्परा रहँदै आएको छ। सोही अनुसार आज झापाको बाह्रदशी जेसिज ले होली मिलन कार्यक्रम को आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ।

बाह्रदशी गाउँपालिका वार्ड नं ५ मा रहेको श्रीकृष्ण प्रणामी सत्संग भवनमा होली मिलन कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो।

बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चौलागाईको प्रमुख आतिथ्य तथा बाह्रदशी जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्ले को अध्यक्षतामा आयोजना गरिएको होली मिलन कार्यक्रममा बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्तादेवी सिवाकोटी,हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिंगदेन,हल्दीबारी गाउँपालिका वार्ड नं १ का वडा अध्यक्ष देवीबहादुर थापा,बाह्रदशी गाउँपालिका वार्ड नं ४ का वडाध्यक्ष महता आलम, बाह्रदशी जेसिस वर्ष २२ का पूर्व अध्यक्ष पुष्प धमला, बाह्रदशी जेसिस वर्ष २३ का अध्यक्ष लक्ष्मी उप्रेती, बाह्रदशी जेसिस वर्ष २४ का अध्यक्ष खगेन्द्र सुवेदी नेकपा एमाले गाउँ कमिटी अध्यक्ष अनिल सापकोटा, नेपाली कांग्रेस गाउँ कमिटी अध्यक्ष इन्द्र बस्नेत, समाजसेवी तथा बुद्धिजीवी लक्ष्मण पाठक नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतम बाह्रदर्शी गाउँपालिका योजना शाखा प्रमुख तेजु रेग्मी, बाह्रदशी उद्योग वाणिज्य सङ्घ का अध्यक्ष खगेन्द्र कार्की लगायत विभिन्न संघसंस्था का प्रतिनिधिहरू सामाजिक व्यक्तित्वहरू श्रीकृष्ण प्रणामी सत्संग समितिका पदाधिकारी हरू लगायतको उपस्थिति रहेको थियो।

बाह्रदशी जेसिजले आयोजना गरेको होली मिलन कार्यक्रम मा कार्यक्रमका प्रमुख अतिथि बाह्रदर्शी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाईं। हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिंगदेन, बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्तादेवी सुवाकोटी, योजना शाखा प्रमुख तेशप्रसाद रेग्मी नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतम सामाजिक व्यक्तित्व लक्ष्मण पाठक श्रीकृष्ण प्रणामी सत्संग भवन का सल्लाहकार संयोजक दुर्गाप्रसाद अधिकारी लगायतले कार्यक्रम सफलताको साथै होलीको शुभकामना मन्तव्य राख्नुभएको थियो। भने कार्यक्रममा आस्था वाचन वर्ष २५ का उपाध्यक्ष गोपाल उप्रेतीले गर्नुभएको थियो।

बाह्रदशी जेसिजले होली मिलन कार्यक्रममा सांस्कृतिक कार्यक्रम को समेत आयोजना गरेको थियो। विभिन्न रङ्गहरू सँग रमाउँदै आत्मीयता साटासाट गर्दै एकले अर्कालाई रङ लगाई हर्षो उल्लासका साथ कार्यक्रम सम्पन्न गरेको थियो।औपचारिक कार्यक्रमलाई सञ्चालन पारदर्शी जेसिज वर्ष २०२५ का कार्यकारणी उपाध्यक्ष जेसी राजु अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमलाई समापन वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थ काफ्लेले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares