बाह्रदशीमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

बाह्रदशीमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

२१ माघ २०८२, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। बाह्रदशी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन समितिको आयोजना तथा युवा तथा खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुन लागेको हो।

यही माघ २३ देखि २६ गतेसम्म बाह्रदशी गाउँपालिकाको प्राङ्गण, चकचकीमा सञ्चालन हुने प्रतियोगितामा झापा जिल्लाका सात र अन्य जिल्लाका पाँच गरी जम्मा १२ वटा टिम सहभागी हुने आयोजक समितिका उपाध्यक्ष डिक कुमार कटुवालले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेता टिमले नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु ३ हजार ५०० र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ७ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजक समितिका अध्यक्ष दल बहादुर तामाङका अनुसार प्रतियोगिताको अनुमानित लागत रु १४ लाख २२ हजार ५०० रहेको छ। उक्त रकममध्ये बाह्रदशी गाउँपालिकाबाट रु पाँच लाख, प्रतियोगिताको मुख्य प्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजबाट प्रथम पुरस्कार बराबरको रु दुई लाख तथा अन्य दाताहरूबाट समेत सहयोग प्राप्त भएको आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गरेको हो।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्ने तथा प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास गरिएको छ।

पत्रकार सम्मेलन कार्यक्रमलाई आयोजक समितिका सचिव कमल बानियाले सञ्चालन गर्नुभएको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन माघ २३ गते दिउँसो १ बजे हुने आयोजकले जनाएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email