बाह्रदशी अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज तिन खेल सम्पन्न

बाह्रदशी अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज तिन खेल सम्पन्न

२३ माघ २०८२, राजेश आचार्य ।

बाह्रदशीमा आजबाट सुरु भएको दोस्रो बाह्रदशी अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज तिन खेल सम्पन्न भएको छ। 

प्रतियोगितामा आज भएको पहिलो उद्घाटन खेलमा कोशी प्रहरी  विराटनगरले मेचीनगर नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै विजय भएको थियो। त्यस्तै दोस्रो खेलमा बिर्तामोड नगरपालिकाले ३–० को सोझो सेटमा सिदिङ्बा गाउँपालिका ताप्लेजुङलाई हराउँदै विजय भएको थियो। आजै भएको तेस्रो खेलमा बाह्रदशी गाउँपालिका(आयोजक)ले उर्लाबारी नगरपालिका मोरङलाई ३ -० को सोझो सेटमा हराउँदै विजय भएको थियो।

बाह्रदशी दोस्रो अध्यक्ष कप सञ्चालन समितिका अध्यक्ष दलबहादुर तामाङको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा स्वागत मन्तव्य आयोजक समितिका प्रमुख सल्लाहकार कृष्णमोहन गौतमले राख्नुभएको थियो।

आयोजक समितिका सचिव कमल बानियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बाह्रदशी खेलकुद विकास समितिका अध्यक्ष डिगबहादुर श्रेष्ठले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा दीपजन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वागत नित्य समेत प्रस्तुत गरेका थिए।

बाह्रदशी दोस्रो अध्यक्ष कप संचालन समितिको आयोजना तथा प्रतियोगितामा बाह्रदशी खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भइरहेको पुरुष भलिबल प्रतियोगितामा प्रथम टिमले  नगद दुई लाख र द्वितीय हुने टिमले एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता माघ २६ गते सम्म सञ्चालनमा रहनेछ ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email