बाह्रदशी गाउँपलिका वडा न.४ को कार्यलय भवन उद्घाटन।

झापाको बाह्रदशी गाउँपलिका वडा न.४ को कार्यलय भवन उद्घाटन भएको छ।


एक औपचारिक कार्यक्रम गरि आज उक्त भवन उद्घाटन गरिएको हो।

बाह्रदशी गाउँपलिका वडा न.४ का  वडा अध्यक्ष महताव आलमको अध्यक्षता र गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ को प्रमुख आतिथ्यतामा संचालित उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले रिवन काटि वडा को उद्घाटन गरेका हुन।


आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ९० लाख मा गाउँपालिकाको ६ वटा वडा भवन ठेक्का हो।सोहि अनुसार बाहदशी गाउँपालिका वडा न.४ को भवन सम्पन्न गरि गा.पा. लाई हस्तान्तरण गरिएको थियो तर उक्त भवन उद्घाटन भने भएको थिएन तसर्थ वडा न४.ले एक कार्यक्रम गारी उक्त भवनको उद्घाटन सम्पन्न गरेको हो।


वडा न४ ले आयोजना गरेको उक्त वडा भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,योजना शाखा प्रमुख,कार्यपालिका सदस्य,वडा सदस्य लगायत सम्पुर्ण कर्मचारी हरुको उपस्थिति रहेको थियो।भवन उद्घाटन कार्यक्रममा भवनको उद्घाटन संगै वडाले आयोजना गरेको उक्त कार्यक्रममा  भवन निर्माण को लागि जग्गादाता हरु चिलानी तजपुरिया,भुद्री ताजपुरिया,इन्द्र प्रसाद ताजपुरिया,सहवति ताजपुरिय,राम प्रसाद ताजपुरिया,सुधा तजपुरिया,देवराज तजपुरिया,इस्वरवति ताजपुरिया,इन्द्रसिंह राजवंशी,सावित्री राजवंशी लाई दोसल्ला ओडाएर सम्मान गरेको थियो त्यसै गरि वडाले वडाका जेष्ठ नगरिकहरुलाइ समेत न्यानो कपडा ज्याकेट दोसल्ला सहित सम्मान गरेको हो।त्यो संगै वडाले दलित लक्षित कार्यक्रम समेत सम्पन्न गरेको छ ।त्यसै गरि वडा भित्र रहेका बिद्यालय का विद्यार्थीहरुलाइ क्यान्सर तथा आत्महत्या सम्बन्धि सचेतना दिने उद्देश्यले बि एन्ड सि क्यान्सर अस्पताल  बिर्तामोड का साइकोलोजिसट तथा क्यान्सर डाक्टर  हरु द्वारा विद्यार्थीहरुलाइ सचेतना दिई सचेतना कार्यक्रम समेत सम्पन्न गरेको हो। त्यो संगै वडाले दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा आफ्ना वडा बासी हरुका लागि नि:सुल्क आँखा शिविर को आयोजना समेत  गरेको थियो जसमा २०० भन्दा बढी वडावासिहरुले सेवा लिएका थिए जस मध्ये २७ जना मोतिया बिन्दु को अपरेसन गर्नु पर्ने देखिएको र १६ जना लाई चस्मा प्रदान गरिएको थियो साथै उक्त कार्यक्रममा वडा महिला स्वयंसेवीका हरुलाइ साइकल,छाता,ब्याग प्रदान गरि सम्मान समेत गरिएको थियो।
। कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष चम्लागाइ सम्पुर्ण कार्यक्रम को खुलेरै प्रसंशा गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले अरु वडा हरुले पनि ४ नम्बर वडा बाट केही सिक्नुपर्ने कुरा व्यक्त गर्नु भएको थियो।
स्टोर शाखा प्रमुख राजु गिरिले संचालन गरेको कार्यक्रममा   प्रमुख अतिथी,अतिथि लगायत उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै  वडा अध्यक्ष महताव आलमले कार्यक्रमको समापन गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email