बाह्रदशी जेसीजद्वारा १ लाख बराबरको स्वास्थ्य बीमा साथै आर्थिक सहयोग प्रदान।
बाह्रदशी जेसीजले एक लाख बराबरको स्वास्थ्य बीमा साथै आर्थिक सहयोग प्रदान गरेको छ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने भनाइलाई बाह्रदशी जेसीजले सार्थकता दिएको छ।
बाह्रदशी गाउँपालिका वडा नम्बर ४ श्रेष्ठ गाउँ निवासी वीरबहादुर सापकोटा कि धर्मपत्नी पूजा सापकोटाको पाठेघरमा समस्याका कारण उपचार गर्न समस्या परिरहेको उक्त परिवारलाई बाह्रदशी जेसीजले आज एक कार्यक्रम का बीच १ लाख बराबरको स्वास्थ्य बीमा गर्दिनुका साथै ६ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेको छ।
अर्काको चार कट्ठा जग्गा ठेक्कामा लिई ओत लाग्नलाई सानो झुपडी जसमा एक छोरा एक छोरी बुढा भएका आमाबुवा अनि वीरबहादुर र पूजा सापकोटा ले एउटा आरनको भरमा आफ्नो जीविकोपार्जन गर्दै आइरहेकाको त्यो परिवारलाई आरन चलाएर मात्र नपुगेर आफ्नो परिवार पाल्न वीरबहादुर दैनिकी ज्याला मजदुरी समेत गरेर आफ्नो परिवार पाल्दै आइरहेका वीरबहादुर आफ्नी श्रीमतीको उपचार गर्न खर्च अभावका कारण समस्यामा परेकाले बाह्रदशी जेसीजले उहाँको घरमा आर्थिक सहयोग र १ लाख बराबरको स्वास्थ्य बीमा गर्नलाई पुग्दा उहाँका लागि भगवानै आए जस्तो महसुस गर्नुभएको हामीले पायौं।
बाह्रदशी जेसिसले समाजमा यस्ता सामाजिक कार्यहरू निरन्तर रुपमा गर्दै आइरहेको छ। कहिले लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम कहिले कृषि फार्म अवलोकन, कहिले शिक्षिकाहरूलाई शिक्षण तालिम लगायत समाजमा थुप्रै उदाहरणीय काम गर्दै आइरहेको बाह्रदशी जेसीजले आज पनि एक असहाय आर्थिक विपन्न परिवारलाई स्वास्थ्य बीमा र आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेको छ।
बाह्रदशी जेसीजले आफ्नो सप्ताह कार्यक्रम अन्तर्गत आज पाँचौं कार्यक्रम स्वास्थ्य बीमा तथा आर्थिक सहयोग गरी सम्पन्न गरेको छ।
बाह्रदशी जेसिसका वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महताब आलमको प्रमुख आतिथ्यमा उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
आर्थिक सहयोग कार्यक्रमका संयोजक मनोज खतिवडा को संयोजन रहेको उक्त आर्थिक सहयोग कार्यक्रममा सप्ताह मूल समितिका संयोजक कार्यकारणी उपाध्यक्ष राजु अधिकारीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए
।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी प्रेमबहादुर श्रेष्ठ ले जेसीजलाई खुलेर प्रशंसा गर्नुभएको थियो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महताव आलम ले समाजमा गर्दै आएका सकारात्मक कार्यहरू को प्रशंसा गर्दै बाह्रदशी जेसीजलाई स्थानीय तहले गर्नुपर्ने सर सहयोग सदैव रहने कुराको प्रतिबद्धता व्यक्त गर्दै बाह्रदशी जेसीजले आफ्नो वडामा विपन्न परिवारलाई छनोट गरी आर्थिक सहयोग र स्वास्थ्य बीमा गरिदिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई वर्ष २०२५ कि महासचिव सदिक्षा खड्काले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको समापन बाह्रदशी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गर्नुभएको थियो।




