बाह्रदशी जेसीज:- सप्ताह कार्यक्रम अन्तर्गत कृषि फार्म अवलोकन।

बाह्रदशी । बाह्रदशी जेसीजले सप्ताह कार्यक्रम अन्तर्गतको चौथो कार्यक्रम आज कृषि फार्म अवलोकन गरी सम्पन्न गरेको छ।

बाह्रदशी जेसीज का अध्यक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्यमा जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर २ मा रहेको जनता एग्रो फार्म एण्ड फरेस्ट्री लिमिटेड को करिब ३७ बिघामा फैलिएको कृषि फार्म तथा औषधिजन्य वनस्पतिहरूको अवलोकन गरी कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष गोपाल उप्रेतीले आस्था वाचन र मिसन भिजन बाचन गरेका थिए।

सप्ताह कार्यक्रमका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा बाह्रदशी जेसीज पूर्व अध्यक्ष पुष्पलाल धमला,बाह्रदशी सामुदायिक क्याम्पस का सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद अधिकारी, जनता कृषि फार्म एण्ड फोरेस्ट्री लिमिटेडका इन्चार्ज पवन खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यकै क्रममा जनता कृषि फार्म एण्ड फोरेस्ट्री लिमिटेडका इन्चार्ज पवन खड्काले उक्त फर्मको बारेमा जानकारी दिनुभएको थियो।

त्यस्तै कृषि फार्म अवलोकन कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष भीमबहादुर कार्कीले बाह्रदशी जेसीजले समाजमा गर्दै आएका उत्कृष्ट कार्यहरूको खुलेर प्रशंसा गर्नुभएको थियो साथै बाह्रदशी जेसीजलाई उहाँले सधैं साथ सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कृषि फार्म अवलोकन कार्यक्रम का अध्यक्ष वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेले नेपाल कृषिप्रधान देश भएको र पछिल्लो पुस्ताले कृषि क्षेत्रलाई खासै महत्त्व नदिएका कारण ले गर्दा पनि जेसीजको सप्ताह कार्यक्रममा कृषि फर्म अवलोकन लाई प्राथमिकतामा राखी कार्यक्रम समावेश गरी कसरी कृषि क्षेत्रलाई अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ आज कृषि फार्म अवलोकनका लागि आएको कुरा उहाँले कार्यक्रममा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई वर्ष २०२५ कि महासचिव सदिक्षा खड्काले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको समापन कृषि फार्म अवलोकन कार्यक्रमका संयोजक सिद्धान्त ढकालले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email