बाह्रदशी दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा आयोजक र भद्रपुर फाइनलमा प्रवेश
२५ माघ २०८२, राजेश आचार्य ।
बाह्रदशीमा जारी बाह्रदशी दोस्रो अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएको छ।
प्रतियोगितामा आज भएको पहिलो खेलमा बाह्रदशी गाउँपालिकाले षडानन्द नगरपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै दोस्रो खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो। आजै भएको पहिलो सेमिफाइनल खेलमा बाह्रदशी गाउँपालिकाले दमक नगरपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। त्यस्तै दोस्रो सेमीफाइनल खेल पाँचखपन र भद्रपुर नगरपालिका बीच भएको थियो जसमा भद्रपुर नगरपालिका विजय घोषित भएसँगै फाइलमा प्रवेश गरेको छ।

बाह्रदशी दोस्रो अध्यक्ष कप प्रतियोगिता संचालन समितिको आयोजना तथा बाह्रदशी खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भइरहेको पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख र द्वितीय हुने टिमले एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। बाह्रदशी गाउँपालिकाको प्राङ्गणमा माघ २३ गतेबाट सुरु भएको प्रतियोगिता माघ २६ गते सम्म सञ्चालनमा रहनेछ ।




