बाह्रदशी दोस्रो अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता ट्रफी भद्रपुर नगरपालिकालाई

बाह्रदशी दोस्रो अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता ट्रफी भद्रपुर नगरपालिकालाई

२६ माघ २०८२, राजेश आचार्य ।

झापाको बाह्रदशीमा आज बाह्रदशी गाउँपालिका (आयोजक) र भद्रपुर नगरपालिका बीच भएको फाइनल खेलमा भद्रपुर नगरपालिकाले ३-२ को सेटमा आयोजकलाई हराउँदै प्रतियोगिताको विजय भएको छ। प्रतियोगितामा विजय भएसँगै भद्रपुर नगरपालिकाले नगद रु २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता बनेको बाह्रदशी गाउँपालिकाले नगद रु १ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

बाह्रदशी दोस्रो अध्यक्ष कप प्रतियोगिता सञ्चालन समितिको आयोजना तथा बाह्रदशी युवा तथा खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भएको बाह्रदशी दोस्रो अध्यक्ष कप आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेललाई पन्चेबाजा र लाखे नृत्यसहित उद्घाटन गरिएको थियो।

प्रतियोगिताको अवसर पारेर बाह्रदशी भलिबलमा ठूलो योगदान पुर्‍याउँदै आइरहेका खेलाडी कुमार कटवाललाई सम्मान समेत गरिएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email