मुलबाटोको दोस्रो भाग दशैंको मुखमा के भो मनमायालाई ?

मुलबाटोको दोस्रो भाग दशैंको मुखमा के भो मनमायालाई ?

बिर्तामोड । आनी मुभी मिडिया प्रालिको प्रस्तुतीमा नेपाली टेलि चलचित्र मुलबाटो को दोस्रो भाग रिलिज भएको छ।

बिजय दशमीको अवसर पारेर टीकाको दिन मुलबाटो युटुव च्यानल मार्फत सार्वजनिक गरिएको टेलि चलचित्र मुलतः पुरानो कथा बस्तु लाई लिएर तयार गरिएको छ।समाजमा देखिने उच्च बर्ग बाट निम्न बर्गका मानिसहरू लाई ऋण दिएर गरिने अन्याय लाई सिरियलमा उतार्ने प्रयास गरिएको छ।दशै जस्तो चाड पर्वको बेला साहुले घरमा भएको समान लिएर जादा परिवारलाई परेको दुख सिरियलमा प्रस्तुत गरिएको छ।साथै सिरियलमा एकोहोरो माया गरिरहने सोझो गाउले केटा को दर्दनाक पिडा लाई देखाएको छ ।
बिर्तामोड र मेचीनगरका स्थानीय प्राविधिक तथा कलाकारहरूको सयुक्त निर्माणमा तयार पारिएको टेलि चलचित्रलाई युनिक मिडिया हाउस चारआलीले पोष्ट प्रोडक्सन गरेको हो।

नेपाली समाजका पुराना समसामयिक परिवेश र सकारात्मक सन्देशलाई चित्रण गरिने उक्त सिरियललाई राज लावती र झापाली कान्छा अभिषेकले सयुक्त रुपमा निर्देशन गरेका छन्।

त्यसै गरि छायांकन सम्पादन सुवास लिम्बू र रोहित लाम्गादे, मुख्य प्राविधिक अनिष क्षेत्री, व्यवस्थापन दिपेन्द्र कटवाल र नन्दु लिम्बू, कथा मनु योङहाङ, पटकथा सम्वाद राज लावतीको रहेको छ। विशेष गरि झापाको बुद्धशान्ति हडिया सिरानलाई केन्द्र बनाएर यस चलचित्रको छायांकन गरिएको छ।

समाजको विविध सकारात्मक र नकारात्मक पक्षहरूलाई प्रस्तुत गरि सकारात्मक पाटो चै हामी सबैको मूलबाटो हुनु पर्छ भन्ने विषयलाई उठान गरिएको निर्देशक द्वयले जानकारी दिए।

स्थानीय कला केन्द्रहरूबाट उत्पादित कलाकारहरूलाई विशेष महत्व दिइएको यस चलचित्रमा राज लावती, झापाली कान्छा अभिषेक, बालकुमार कटवाल, नन्दु लिम्बू, सोनिया कटवाल, दिपेन्द्र कटवाल, सुवास लिम्बू, प्रताप सुनुवार, चन्दन राजवंशी, देवानन्द राजवंशी, दिनेशकुमार बिक, शिव सेडाई आदि कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares