मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा चिनिएको झापा गोल्डकपको सातौँ संस्करण माघ २४ गतेदेखि

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा चिनिएको झापा गोल्डकपको सातौँ संस्करण माघ २४ गतेदेखि

१७ माघ २०८२, राजेश आचार्य ।

झापा गोल्डकपको सातौँ संस्करणलाई प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले साथ दिएको छ ।

हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई एक्सट्रिमले प्रायोजन गर्ने सहमतिसँगै एक्सट्रिम एनर्जी ड्रिङ्कस र आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा चिनिएको झापा गोल्डकपको सातौँ संस्करण बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म हुने भएको छ ।

‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पाउँदा ‘प्लेयर अफ दी म्याच’ लाई २५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित घरेलु तथा विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा भुटानको रोयल थिम्पु कलेज, भारतको सिंग्लिङ स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।

झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । गोल्डकप सम्पन्न भएपछि ४० लाख बचत गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिताका लागि मैदान मर्मतको काम पनि अन्तिम चरणमा छ भने बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको छ । मञ्च सजावट बाहेकको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक गिरीले जानकारी दिए ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email