व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव।

झापा, फागुन १२ । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।

आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ ।वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध गराएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्र सहित सम्मान गरेको छ ।

जन्म दिनको शुभकामना र सुवेक्षा सहित घिमिरे दम्पत्तीलाई नै सु– स्वास्थ्य र दीर्घयूको कामना गरिएको थियो ।यसैबीच उनले यस अघि बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ३९ जना ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए । त्यहाँ रहेको ज्येष्ठ नागरिकलाई भोजन सहित फलफूल बितरण गरेका उनले लगत्तै आफूहरुले स्थापना गरेको व्यवसायी राहत कोषका लागि समेत रकम प्रदान गरेका थिए ।आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलले समेत उनको जन्म दिनका अवसरमा वृद्धाश्रम पुगेर सुवेक्षा सहितको शुभकामना दिएको थियो ।लायन्स क्लव अफ अनारमनी र लीओ क्लव अफ अनारमनी उनको जन्म दिनको अवसरमा वृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई सहयोग पु¥याएका थिए । लायन्स क्लव अफ अनारमनीका उपाध्यक्ष सुनिता पोखरेल सहितको टिम वृद्धाश्रम पुगेको थियो । उनी लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्ष समेत हुन् ।बिर्तामोडमा राजु सप्लायर्स (हार्डवेर व्यवसाय) सञ्चालन गरिरहेका घिमिरेले हरेक वर्ष आफ्नो जन्म दिन र पितृको स्मृतिमा विभिन्न आश्रममा पुगेर त्यहाँ रहेका वृद्धवृद्धा र असाहय वालवालिकालाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।यो वर्षपनि उनले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाद्यन्य सहति फलफूल उपलब्ध गराएका हुन् ।२०५५ सालदेखि पाँचथरको रबि बजारबाट व्यवसाय शुरु गरेका राजुले पछिल्ला वर्ष झापाको बिर्तामोडलाई मुख्य कर्मथलो बनाएर व्यवसाय गरिरहेका छन् । अलैंची व्यववसायी महासंघका केन्द्रीय सदस्य, लायन्स क्लव अफ अनारमनीको सन् २०२२÷ २०२३ का अध्यक्ष बनेका उनी विभिन्न संघ संस्थामा रहेर नेतृत्वदाायी भूमिका निर्वााह गरेका छन् । लायन्स क्लव अफ अनारमनीको अध्यक्ष रहँदा उनले सामाजिक क्षेत्रमा काम गरेर विभिन्न अवार्ड समेत हात पारेका थिए । हाल उनी लायन्स क्लवको एमजीएफ (अन्तराष्ट्रिय अजीवन सदस्य) हुन् ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email