जनताको मायाले जित सुनिश्चित’ — झापा–२ मा घिमिरेको दाबी

१८ फागुन २०८२, राजेश आचार्य ।

देवराज घिमिरेले अपूरा तथा अधुरा विकास कार्य पूरा गर्ने लक्ष्यसहित झापा क्षेत्र नम्बर २ बाट पुनः उम्मेदवारी दिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका घिमिरेले आफ्नो जित निश्चित रहेको दाबीसमेत गरेका छन्।

प्रेस चौतारी नेपाल झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसअघि आफूले सुरु गरेका तर पूरा हुन बाँकी रहेका विकास योजनालाई सम्पन्न गर्न उम्मेदवारी दिएको स्पष्ट पारे। झापा क्षेत्र नम्बर २ का मतदाताले यसअघि पनि आफूलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको स्मरण गर्दै उनले यस पटक पनि बहुमतसहित विजयी गराउने विश्वास व्यक्त गरे।

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै घिमिरेले झापा क्षेत्र नम्बर २ का जनताले पुनः आफूलाई प्रतिनिधिसभामा देख्न चाहेको बताए। “जनताको मायाले म चुनाव जितिसकेको अनुभूति गरेको छु,” उनले भने।

आफू यसअघि निर्वाचित भएर क्षेत्रका जनताको सुखदुःखमा साथ दिँदै विकासको गति अघि बढाएको दाबी गर्दै उनले अझै केही योजना अपूरै रहेको बताए। “एमाले नेतृत्वको तत्कालीन सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्प पूरा गर्न स्पष्ट मार्गचित्र र दृढ इच्छाशक्ति आवश्यक छ, जुन केवल एमालेसँग मात्र सुरक्षित छ,” उनले उल्लेख गरे।

राजनीतिलाई पुरानो र नयाँ भनेर वर्गीकरण गर्नु अपरिपक्व सोच भएको टिप्पणी गर्दै घिमिरेले एमाले नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔँ’, जेष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा कार्यक्रमदेखि सडक, बत्ती, रेल, सुरुङमार्ग र डिजिटल पूर्वाधारसम्मका दीर्घकालीन योजनाहरू सफलतापूर्वक अघि बढाएको दाबी गरे।

उनले २०५६ सालमा राष्ट्रियसभा सदस्यका रूपमा पूर्ण कार्यकाल काम गर्न नपाएको तथा प्रतिनिधिसभा सदस्य र सभामुख हुँदा पनि कार्यकाल पूरा गर्न नपाएको स्मरण गरे। सभामुखको जिम्मेवारीमा रहँदा अघि बढाएका विकास योजनालाई पूरा गर्न र झापा क्षेत्र नम्बर २ मा थप नयाँ योजना ल्याउन आफूले उम्मेदवारी दिएको उनले बताए।

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण पत्रकार तीलक योन्जनले गरेका थिए।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360