लाेक भाका “सुनैकाे चम्ची” सार्वजनिक।
पूर्वेली लाेक भाकामा आधारित सुनैकाे चम्चि गितकाे नया म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

लाेक गायक युबराज पाेर्तेल र गायिका माेनिका चुडालकाे स्वर रहेकाे उक्त भिडियाे म्युजिक नेपालकाे अफिसियल युट्युव च्यानलवाट आज सार्वजनिक भएकाे हाे।
नेपालकाे पु्र्वि भेगकाे लाेक भाकामा आधारित सुनैकाे चम्चिमा शब्द/संगीत: युबराज पोर्तेल, संगीत संयोजन: बलराम समाल,रेकर्डिस्ट: नकुल कार्की, मिक्सिङ्ग/मास्टरिङ्ग: प्रकाश खरेल, कलाकार: प्रताप सुनुवार, रिना तामांग, कल्पना, सिलवाल, दिलकुमार पोर्तेल, छायांकन सहयोगी: नन्दुभाई लिम्बु, छायांकन/सम्पादन: सुबाश लिम्बू, नृत्य निर्देशन: राज लावती, निर्देशनमा रोचक थापा(रामजी) तथा राज लावती रहनु भएको छ।
युनिक मिडिया हाउस चारालीकाे पाेष्ड प्राेडक्सन रहेकाे छ भने उक्त भिडियाेमा पुर्बेली लाेक नाच समुहकाे नृत्य प्रस्तुती संगै झापा तथा इलामकाे रमणिय स्थानहरुमा छायांकन गरिएकाे छ। गायक पाेर्तेल तथा गायिका चुडाल बिगत तीन दशक देखि लाेक गायन तथा संगित क्षेत्रमा क्रियाशिल रहेका छन भने उहाँहरुका चर्चित गितहरु वल्लाे खाेलाे पल्लाे खाेलाे, साेरङ्गे साइलि ज्यु, रक्सि तिनपाने लगायत ४ दर्जन गितकाे भिडियाेहरु म्युजिक नेपालबाट सार्वजनिक भएका छन।



