बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि गजमेरले सुरक्षित गरेका छन् ।

।बिर्तामोडका आकाश गजमेरले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् ।

आकाशले ६-१ को सोझो सेटमा विशाललाई पराजित गरेका हुन् । फाइनल खेल बेस्ट अफ इलिभेन फर्मेटमा सञ्चालित थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आकाशले ४० जना प्रतिस्पर्धीलाई पछि पारेर उपाधिसँगै नगद २५ हजार र ट्रफी पाए । उनी हाइएस्ट ब्रेक (४८) बन्दै थप नगद ५ हजार र ट्रफी जित्न सफल भए ।रनरअप बनेका विशालले नगद ११ हजार र ट्रफीमा चित्त बुझाए ।

विजेता तथा उपविजेता दुवै जनालाई बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौला, आयोजक समितिका अध्यक्ष विकास गिरी, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोडका व्यवसायी सुभाष भट्टराई, झापा जिल्ला बास्केटबल संंघका अध्यक्ष प्रकाश लिङदेन, खेल संयोजक विशाल अग्रवाल, बिर्तामोड स्नुकरका खेमराज बुढाथोकी, नवल अग्रवाललगायतले पुरस्कार प्रदान गरेका थिए ।बिर्तामोड ४ नम्बर वडा खेलकुद विकास समिति सहआयोजक तथा बिर्तामोड स्नुकरको समन्वयमा आयोजित स्नुकर प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने खेल संयोजक विशाल अग्रवालले जनाएका छन् ।बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न १ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेतीले गरेका थिए ।

तिलक योञ्जन

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares