अन्तर्राष्ट्रिय लागू पदर्थ तथा अवैध तस्करी विरुद्ध प्रभातफेरी

अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा आज बिहान बिर्तामोडमा विभिन्न सामाजिक संघ सस्था का साथै एमिटी कलेज, न्युटन स्कुल, नगर स्काउट, बिरता जेसिस, श्री दुर्गा स्काउट ट्रुप, लगायतको सहभागितामा प्रभावफेरी निकालेका छन् । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा प्रभावफेरीको आयोजना गरिएको थियो ।

लागुऔषधको प्रयोगले मानव जीवनमा पार्ने असर बारे सचेतना दिने उद्देश्यले आयोजना गरिएको प्रभावफेरीले बिर्तामोड परिक्रमा गरेको थियो !
प्रभातफेरीको समापनलाई सम्बोधन गर्दै बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधबाट हरेक नागरिक टाढा रहनुपर्ने बताइन् । उनले लागुऔषधका कारण धेरै परिवारको विचल्ली भइरहेको बताएकी थिन ।
त्यसै गरि बिर्तामोड न पा उप प्रमुख नगेन्द्र प्र. सङ्गौलाले सम्बोधन गर्दै अब सम्पुर्ण विद्यार्थी तथा नगरबासीहरुलाइ लागू औषध सम्बन्धि जनचेतना फैलाउनु पर्ने कुरालाइ जोड दिएका थिए ।

बिरता जेसिस अध्यक्ष घनश्याम चौधरी,बि बि सि सम्बादाता उमाकान्त खनाल, एमिटी कलेज को-अर्डिनेटर बिनोद शाह , बिर्तामोड नगर स्काउट संयोजक निकुन्ज शर्मा लगायतका सामाजिक ब्याक्तित्व सहभागी भएको कार्यक्रम भब्यतापुर्ण सफल भएकोमा बिर्तामोडका डि एस पी सुरज कार्किले धन्यबाद ज्ञापन गरेका थिए।यस्तै डिएसपी कार्कीले पछिल्लो समय अपराधको मुख्य कारण नै लागुऔषध दुव्र्यसन भएको बताएका छन् । उनले अपराधिक कर्म गर्नेहरु कतै न कतै लागुऔषधसँग जोडिएको अनुसन्धानमा खुलेको छ । डिएसपी कार्कीले भने, हरेक मुद्धामा बयान लिने क्रममा लागुऔषधको कनेक्शन भेटिन थालेको छ । लागुऔषधले सामाजमा ठुलो समस्या उब्जाइरहेको बताउँदै यसको नियन्त्रणमा सबैका साझा प्रयन्त जरुरी रहेको बताए । समाजलाई अपराधमुक्त गर्न लागुऔषध दुव्र्यसनको पूर्ण नियन्त्रण हुनुपर्ने डिएसपी कार्कीको भनाई छ । अपराधका लागि लागुऔषधले दुरुत्साहन गरिरहेको भन्दै सबैलाई सजग रहन आग्रह समेत गरेका छन् ।
