बाह्रदशी जेसीज द्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण ।

२३ माघ २०८१, बुधबार ।
बाह्रदशी जेसीजले आयोजना गरिएको शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।


आज बाह्रदशी गाउँपालिका वडा नम्बर ६, मा अवस्थित श्री गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रम गुरुकुलमा सम्पन्न भएको हो ।
बाह्रदशी जेसीज वर्ष २५ का अध्यक्ष जेसी तिर्थ प्रसाद काफ्लेको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गा.पा वार्ड न ०६ का वडा सदस्य  गंगाराम धिताल रहेको थियो।

आज सम्पन्न भएको कार्यक्रममा गायत्री स्वरुपाश्रम गुरुकुलमा अध्ययनरत ४० जना बटुक विधार्थीहरुलाई विशेष ब्राम्हण भोजन सहित शैक्षिक तथा खेलकूद सामाग्री हरु वितरण गरिएको थियो ।
बाह्रदशी जेसिज वर्ष २५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेको शुभ जन्मदिन को अवसर पारेर बाह्रदशी जेसिज वर्ष २५ का नयाँ कार्यसमिति ले पद ग्रहण गरे पश्चात आयोजना गरिएको यो पहिलो कार्यक्रम हो।
धार्मिक एवं पर्यटकीय स्थल बाट सुरु गरिएको यो पहिलो कार्यक्रम मा  अध्यक्ष जेसी तिर्थ प्रसाद काफ्ले
  बाह्र्दशी जेसीज सदैव शिक्षा क्षेत्रमा तन, मन, धन र वचनका साथ लागी पर्ने र यस क्षेत्रका कुनै पनि बालबालिका शिक्षाबाट  बंचित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै गर्मीयाम सुरु भए लगत्तै गुरुकुलमा अध्ययनरत ४० जना बटुकहरुलाई टि सर्ट समेत हस्तान्तरण गर्ने कुराको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गंगाराम धितालले जेसिजले आयोजना गरेको उक्त कामको खुलेर प्रशंसा गर्नुभएको थियो। साथै बाह्रदशी जेसिज लाई सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

आज आयोजित कार्यक्रममा बाह्रदशी जेसीजका पूर्व अध्यक्ष जेसी पुष्पलाल धमला, वार्ड न.६ का वडा सदस्य  भिम बहादुर बुढाथोकी,  श्री गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष श्री ज्ञानु सुवेदी लगायतको समेत उपस्थिति रहेको थियो।
बाह्रदशी जेसीज वर्ष २०२५ का शिक्षा संयोजक जेसी सिद्दान्त ढकालको संयोजक रहेको उक्त कार्यक्रम लाई संचालन वर्ष २५ कि महासचिव जेसी सदिक्षा खडकाले गर्नु भएको थियो।
    वर्ष २५ का कार्यकारिणी उपाध्यक्ष  जेसी राजु अधिकारीले  कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा आस्था बाचन वर्ष २५ का उपाध्यक्ष जेसी विक्रम कट्टेलले राख्नु भएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares