बाह्रदशी गाउँपालिकाको बजेट ४९ करोड ८८लाख

झापामा आदिवासी समुदायको बाक्लो बसोबास रहेको बाह्रदशी गाउँपालकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ४९ करोड ८८ लाख ४० हजार छ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


आइतबार १३ औं गाउँसभामा उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेटमध्ये चालु तथा प्रशासनिक खर्चतर्फ ७ करोड ३१ लाख १५ हजार छ सय रुपैयाँ, पूँजीगत खर्चतर्फ २० करोड ६२ लाख ५० हजार र सशर्त अनुदानतर्फ .२१ करोड ९४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।


गाउँपालिकाले शीर्षक अनुरुप वडा विकासतर्फ ५ करोड ४४ लाख, संस्थागत तथा क्षमता विकास कार्यक्रमतर्फ ४४ लाख, आर्थिक विकासतर्फ एक करोड १९ लाख, वन, वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ १८ लाख, सामाजिक विकासतर्फ चार करोड २७ लाख ५० हजार, भौतिक पूर्वाधार विकासतर्फ छ करोड ८५ लाख ५० हजार, संघ र प्रदेशको सशर्त अनुदानतर्फ २१ करोड ९४ लाख ७५ हजार, संघ र प्रदेशको समपूरक अनुदानतर्फ एक करोड ६७ लाख ५० हजार र संघको विशष अनुदान ५० लाख रुपैयाँ छुट्याएको छ ।

‘समृद्ध बाह्रदशीको आधार, कृषि शिक्षा स्वास्थ्य र पूर्वाधार’ भन्ने मुख्य नारालाई आत्मसात गर्दै आगामी वर्ष बाह्रदशी गाउँपालिकालाई कृषिमा आधुनिकीकरणमार्फत किसानमा खुशी, शिक्षामा गुणस्तर कायम, सबै नागरिकमा स्वास्थ्यको सहज पहुँच, पूर्वाधार निर्माणका कामलाई सबल बनाउँदै गाउँपालिकालाई समृद्धिको गाउँपालिका बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चौलागाईंले जानकारी दिए । उनले सभामा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले सभाको सहजीकरण गरेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares