एसइइ नतिजामा लापरबाही, परिक्षा अघि नै मृतक विद्यार्थी पास।

बाह्रदशी झापा

एसइइ नतिजामा लापरबाही भएको पाईएको छ। एसईई परिक्षा हुनु भन्दा १ महिना अठार दिन अघि नै मृत्यु भएका एक विद्यार्थी परिक्षामा सामेल भई पास भएको नतिजा सार्वजनिक भएको पाइएको छ।

झापाको बाह्रदशी गाउँपालिका वार्ड नं १ मा रहेको अमृत माविका छात्र मानव गौतम कार्यलय व्यवस्थापन तथा लेखा बिषयमा पास भएको नतिजा प्रकाशन भएको हो। उनले १.६ अर्थात ‘D’ ग्रेड ल्याएको नजितामा देखिन्छ।

एसईई परिक्षा २०८१ साल चैत ७ देखि चैत १९ गतेसम्म संचालन भएको थियो, भने मानवको मृत्यु २०८१ माघ २० गते नै भएको थियो। यस विषयको जानकारी वडा सदस्य विजय प्रकाश अधिकारी दिनु भएको हो।उहाँ भन्नु हुन्छ डेड महिना अघि नै स्वा ईच्छा मृत्यु बरण गरेका उक्त विद्यार्थी को यसरी रिजल्ट आउँदा जनप्रतिनिधि लगायत विद्यालय नै अचम्ममा परेको छ। मिहेनत गरेर परीक्षा दिएका धेरै विद्यार्थी फेल भएका छन् तर परिक्षामै सामेल नभएको व्यक्ति पास भएको देख्ता परिक्षा वोर्ड प्रति नै प्रश्न उठेको छ।

यसरी परिक्षामै सामेल हुन नसक्ने विद्यार्थी पास भएको नतिजा आउनुले एसईई नतिजा प्रकाशनामा चरम लापरबाही भएको प्रष्ट देखाउछ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email