दलित, मुस्लिम र पिछडिएका वर्गका लागि एकदिवसीय क्षमता विकास तालिम सम्पन्न

दलित, मुस्लिम र पिछडिएका वर्गका लागि एकदिवसीय क्षमता विकास तालिम सम्पन्न

१७ असर २०८२, राजेश आचार्य ।

‘समता र समावेशीकरणका लागि जागरण अभियान’ अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने दलित, मुस्लिम र पिछडिएका वर्गका लागि एकदिवसीय क्षमता विकास तालिम सम्पन्न गरिएको छ।

सोमबार सम्पन्न तालिममा विविध समुदायका सहभागीहरूले नेतृत्व विकास, सामाजिक समानता, तथा समावेशीकरणका विषयमा ज्ञान प्राप्त गरेका थिए। कार्यक्रमको उद्देश्य सामाजिक रूपमा पछाडि परेका वर्गहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई मुख्य प्रवाहमा ल्याउनु रहेको आयोजकले बताएका छन्।

तालिममा गौरीगञ्ज गाउँपालिका वडा नं. २ को आर्थिक सहयोग रहेको थियो भने कार्यक्रमको आयोजना सांस्कृतिक जागरण केन्द्र, झापाले गरेको हो।

स्थानीय स्तरमा समावेशी विकास सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजक संस्थाले लिएको छ ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares