घरबगैचा कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न

घरबगैचा कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न

झापा, बाह्रदशी
घरबगैंचा कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बाह्रदशी गाउँपालिका ७ स्थित डाँगिबारी रेडक्रस सोसाइटीको भवनमा संस्था अध्यक्ष लक्ष्मी तिवारीको अध्यक्षता र झापा जिल्ला सहकारी सङ्घका सञ्चालक समिति सदस्य युवराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सभामा अध्यक्ष तिवारीले वार्षिक प्रतिवेदन र व्यवस्थापक टिकाराम रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा असल ऋणी तथा बचतकर्ताका रूपमा हर्कबहादुर पुरी, मोटा सोरेन र खिलमणि राजवंशीलाई सम्मान गरिएको थियो।

व्यवस्थापक रोकाले सञ्चालन गर्नुभएको कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका सदस्य युवराज गौतम, जुनतारा कृषि सहकारी संस्थाकी सचिव चित्रकला बुढाथोकी, अमर कृषि सहकारीका ताला मुर्मु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाले गत आर्थिक वर्षमा रू ४ लाख ३६ हजार २३० खुद नाफा आर्जन गरेको छ। २७ लाख ५१ हजार १ सय शेयर र ६५ लाख ६६ हजार २३ रूपैयाँ निक्षेप संकलन गरेको छ। बाह्रदशी गाउँपालिका भरि कार्यक्षेत्र रहेको संस्थाका कुल शेयर सदस्य ३२८ जना रहेका छन्।

२०६९ सालमा ग्रामीण क्षेत्रमा स्थापना भई रु ५ बाट बचत सुरुवात गरेको घरबगैंचा कृषि सहकारी संस्थाले हाल रू १ करोड २० लाख भन्दा बढीको वासलत बनाउन सफल भएको संस्थाले जनाएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email