छक्का पञ्जा ४ ले मनायो ५१औ दिन

नेपाली फिल्मको हकमा सफलताको मानक मानिने प्रदर्शनको ५१औं र सय दिन एनालग (रिल)को जमानामा सामान्य मानिन्थ्यो । त्यसबेला फिल्म नै कम बन्थे र हरेक फिल्म महिनौंसम्म चल्थे । तर, डिजिटल युगसँगै यो दुर्लभ बन्दै गएको छ । आजभोलि नेपाली फिल्मलाई एक हप्ता पनि हलमा टिक्न महाभारत पर्छ । यद्यपि, वर्षमा एकाध फिल्मले प्रदर्शनको ५१औं दिन मनाउने गरेका छन् ।

अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘महापुरुष’ले पूरा गरेको प्रदर्शनको ५१औं दिन गत वर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले पनि मनाउन सफल भएको छ । शनिबार फिल्मले देशभरका १६ वटा हलमा ५१औं दिन मनाएको कलाकार तथा निर्माता दीपकराज गिरीले बताए । यो अवधिसम्ममा फिल्मले घरेलू बजारमा १८ करोड ग्रस कलेक्सन गरेको जानकारीमा छ ।

राजनीतिक विषयमा केन्द्रित ‘छक्का पञ्जा ४’ले विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई पनि देखाउन खोजेको छ । फिल्ममा पञ्चलाइन गजब छ । कथा सामान्य छ । पटकथामा अझै ‘ट्रिटमेन्ट’ नपुगेको देखिन्छ । अर्थात्, पटकथा लेखन कसिलो छैन । फिल्ममा केदार घिमिरेको अभिनय सबैभन्दा बुलन्द छ ।

हेमराज विसीद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य, मलिना जोशीलगायतको अभिनय छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ ।

Please follow and like us:
Pin Share

Sharma D R

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email