द डान्स युनिभर्सको टप १३ मा झापाका एक मात्र प्रतिस्पर्धि राजेश बस्नेतले गरे झापा बासी संग भोटको अपील

द डान्स युनिभर्सको टप १३ मा झापाका एक मात्र प्रतिस्पर्धि राजेश बस्नेतले गरे झापा बासी संग भोटको अपील

Intra- National Welfare and Support foundation of America ले आयाेजना गरेकाे नेपालकाे सर्वाधिक पुरस्कार राशी १ कराेड रहेकाे विश्व ब्यापि नेपाली रियालिटि शाे ” द डान्स युनिभर्स” काे विभिन्न छनाैट चरण पार गरि झापा कन्काइ नगरपालिका सुरुङ्गाका नृत्यकार राजेश बस्नेत उत्कृष्ट १३ मा पर्न सफल भएका छन। झापा जिल्ला नृत्य कलाकार संघका साधारण सदस्य समेत रहेका राजेश बस्नेत नेपालकाे झापा दमक अडिसनबाट छनाैट भएर काठमाडौं अडिसनकाे लागि छनाैट भई विभिन्न राउण्डहरु पार गरि टप १३ मा पुगि भाेटिङ राउण्डमा पुग्न सफल भएका छन। अवकाे चरणहरु पार गर्न राजेशलाइ भाेटकाे आवश्यक्ता परेकाेले वहाले संसार भरि रहेका नेपालिहरु , नेपाल, प्रदेश १ र झापा वासीहरुलाई भाेटकाे अपिल गरेका छन। भाेट गर्नका लागि “My Intra” app डाउनलाेड गरि app खाेलेर राजेशलाई भाेट गर्न सकिने छ।

नेपाल टेलिभिजन प्लस बाट हरेक शुक्रवार र शनिबार राति ८:५० बजे प्रसारण हुने डान्स युनिभर्समा प्रत्येक राउण्डमा राजेशले निर्णायकहरु मिथिला शर्मा दिलिप रायमाझी केकी अधिकारी प्रियंका कार्की शंकर बि सि र नरमान राईबाट उत्कृष्ट प्रशंसा पाई निर्णायकहरुकाे मन जिति सकेका छन।

नृत्यमा कडा मेहनत र अनुशासनमा एकदमै दृढ रहेका राजेशलाई जिताउन अब झापा र प्रदेशका नृत्यकर्मीहरुबाट अभियान नै चलाउने याेजना रहेकाे र राजेशलाइ सहयाेग र भाेट गर्नका लागि विभिन्न संघसंस्था, अग्रजहरु, मिडियाकर्मी र नेपाली भाषीहरुलाई नृत्य कलाकार केन्द्रका महासचिव तथा झापा जिल्ला नृत्य संघका बरिस्ठ उपाध्यक्ष राज लावतीले यसै समाचारवाट अनुराेध गर्नु भएकाे छ।

यसरी विश्वभरवाट आएका लाखाै नृत्यकारहरुलाई पछि पार्दै उत्कृष्ट १३ पुग्ने राजेश बस्नेत जस्ताे एउटा राम्राे नृत्यकारलाई जिताउन नृत्यकर्मीवाट मात्र नभइ आफ्नाे ठाउ र स्थानिय सरकार कन्काई नगरपालिकावाट पनि “राजेश जिताउ अभियान” सञ्चालन हुनु पर्ने कुरामा बरिस्ठ उपाध्यक्ष लावतीले जाेड दिनु भयाे। राजेश बस्नेत प्रदेश १ र झापाबाट उत्कृष्ट १३ मा पुग्ने १ मात्र प्रतियाेगी हुन।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares