नेकपा एमाले बाह्रदशी गाउँ कमिटी र राष्ट्रिय युवा संघ बाह्रदशीको राष्ट्रिय धान दिवस सम्पन्न

बाह्रद्शी गाउपलिकामा राष्ट्रिय धान दिवस को अवसरमा आज एक कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाएको गरेको छ ।


नेकपा एमाले बाह्रद्शी गाउँ कमिटी,राष्ट्रिय युवा संघ नेपाल बाह्रदशी गाउँ कमिटी,नेकपा एमाले बाह्रद्शी वडा न.४ वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल वडा न.४कमिटी को संयुक्त आयोजनामा राष्ट्रिय धान दिवस सम्पन्न गरेको हो।नेकपा एमाले गाउँ कमिटी अध्यक्ष बुद्ध राज कार्की को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य माननीय हरि बहादुर राजवंशी को रहेको थियो।साथै कार्यक्रम बिशिस्ट अतिथि नेकपा एमाले झापा जिल्ला उपाध्यक्ष तथा संविधान सभा सदस्य प्रेम गिरि,गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,गाउपालिका उपाध्यक्ष सान्ता खरेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य हरु टेक प्रसाद आचार्य,तोया पोख्रेल,मिना सेन्चुरी,शेर बहादुर तामाङ,भुपेन्द्र कटुवाल,तुलसी खतिवडा,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राज आङ्दाङ्वे,जिल्ला संयोजक फुर्वा लामा,जिल्ला सदस्य अनिल सापकोटा ,बिर्तामोड नगर अध्यक्ष रोहित ओलि बाह्रदशी गाउँ कमिटी अध्यक्ष मेरुङ्ग योङ्हाङ लगाएत को उपस्तिथि रहेको थियो।


गंगा चापागाईंको घर मा आयोजना गरिएको सो कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष प्रेम गिरिले किसानका समस्या हरुका बारेमा आफ्ना कुराहरु राख्नु भएको थियो भने गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले गाउपालिका बाट किसान हरुलाइ सिचाइ बिद्धुत महसुल सतप्रतिस अनुदान प्रदान गरिएको र किसानका समस्यालाइ मध्यनजर गर्दै समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो।साथै प्रमुख अतिथि ले किसान का माग हरु र समस्या हरुका लागि प्रदेश तथा केन्द्रमा समेत पहल गरि समस्या समाधान गर्ने आश्वासन दिनु भयो।
आयोजित कार्यक्रममा हिले दौड , धान रोपाइ लगाएत विभिन्न प्रतियोगिताहरुको समेत आयोजन गरिएको थियो।नेकपा एमाले बाह्रदशी गाउँ कमिटी सचीव घनेन्द्र प्रसाद ढकालले संचालन गरेको कार्यक्रममा कृषि बिकास बैंक कर्मचारी संघका केन्द्रिय सदस्य फडिन्द्र कटुवालले स्वागत मन्तव्य राख्नु भएको थियो।

असार पन्द्र खेतमा धानको बीउ रोपेर धान दिवस मनाइन्छ।मानु रोपेर मुरि उब्जाउने यो महिना असार पन्द्र गतेका दिन नेपाल भर रोपाइ यात्रा का नामले पनि मनाइने गरिन्छ ।
किसानको मनोबल उच्च राखी उनीहरुको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुक भर असार पन्द्र गते लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको हो।बि.स.२०६१ साल मंसिर १९ गते मन्त्री स्तरीय निर्णय गरि बि.स.२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
नेपाल कृषिप्रधान देश भएकाले नेपालका अधिकांक्ष मानिसको पेशा खेती हो। मुलुक कृषिप्रधान देश भएकाले पनि यसको महत्त्व दर्शाउन र धान खेती को सर्वब्यापकता दर्शाउनका लाई पनि यो दिवस लाई बिशेष महत्त्वका साथ लिने गरिन्छ ।
   तर पछिल्लो समय कृषिप्रधान देश नाम मात्र कै बन्न थालेको छ ।नेपालमा आयात नगरी माग धान्न गाह्रो छ भने कृषकले मल,बिउ तथा सिचाइ को अभाव झेल्नुपरेको छ ।
किसान बर्ष भरिको छाक टार्न यो महिना भरी खेतिमा ब्यस्त हुने गर्दछन।आजका दिन असारे भाकामा लोक दोहोरी गाउदै छुपु छुपु हिलोमा धान रोप्ने गर्दछन।
  मध्री गर्मी को यो समयमा बुढा बुढि युवा युवती केटा केटी खेतको हिलो एक अर्कामा छ्यापेर मनोरञ्जन गर्ने समेत गर्दछन।कामको चटारो ले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहि चिउरा समेत खाने गर्दछन।।यसबेला खाएको दहि चिउराले शरिरमा सितलता दिने र शक्ति संचित गर्ने कुराको बिश्वास समेत गरिन्छ।त्यसैले असार १५ लाई नेपाली समाजमा दहि चिउरा खाने पर्वको रुपमा पनि लिने गरिन्छ।
  असार पन्द्रका दिन गाउँ घर तिर हुनेखाने ले बेठि लगाएर धान रोपाइ गर्ने गर्दछन।यसरी धान रोपाइ गरे खेतमा सह बसि मनग्गे उब्जाउ हुने बिश्वास रहेको छ ।
जेष्ठ महिना मै राखेको धानको बीउ लाई असार महिनामा रोप्ने गरिन्छ।खाद्य बालिमा बर्ष बालि मानिने धानलाइ नेपालभरी नै लगाइन्छ।आज नेपालभरी नै रोपाइ सहित का विभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइन्दैछ।


 

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email