द डान्स युनिभर्स रियालिटि शो:-उत्कृष्ट टप ९ मा पुगेका सुरुङ्गा झापाका राजेशले गरे भोटको अपिल
बिर्तामोड झापा,Intra- National Welfare and Support foundation of America ले आयाेजना गरेकाे नेपालकाे सर्वाधिक पुरस्कार राशी १ कराेड रहेकाे विश्व ब्यापि नेपाली रियालिटि शाे ” द डान्स युनिभर्स” काे विभिन्न छनाैट चरण पार गरि झापा कन्काइ नगरपालिका सुरुङ्गाका राजेश बस्नेत उत्कृष्ट टप ९ मा पर्न सफल भएका छन।

अवकाे चरणहरु पार गर्न राजेशलाइ भाेटकाे आवश्यक्ता परेकाे हुनाले रजेशले देश तथा बिदेशमा रहेका नेपालिहरु,प्रदेश १ र झापा वासीहरुलाई भाेटकाे लागि अपिल गरेका छन।राजेश लाइ भाेट गर्नका लागि “My Intra” app डाउनलाेड गरि app खाेलेर राजेशलाई भाेट गर्न सकिने छ।र राजेश लाई भोट गर्ने समय सनिवार राती ९ बजे देखि बिहिवार दिउसो २ बजे सम्म खुल्ला रहने छ।
नेपाल टेलिभिजन प्लस बाट हरेक शुक्रवार र शनिबार राति ८:५० बजे प्रसारण हुने डान्स युनिभर्समा प्रत्येक राउण्डमा राजेशले निर्णायकहरु मिथिला शर्मा दिलिप रायमाझी केकी अधिकारी प्रियंका कार्की शंकर बि सि र नरमान राईबाट उत्कृष्ट प्रशंसा पाई निर्णायकहरुकाे मन जिति सकेका छन।
नृत्यमा कडा मेहनत र अनुशासनमा एकदमै दृढ रहेका राजेशलाई जिताउन अब झापा र प्रदेशका नृत्यकर्मीहरुबाट अभियान नै चलाउने याेजना रहेकाे र राजेशलाइ सहयाेग र भाेट गर्नका लागि विभिन्न संघसंस्था, अग्रजहरु, मिडियाकर्मी र नेपाली भाषीहरुलाई नृत्य कलाकार केन्द्रका महासचिव तथा झापा जिल्ला नृत्य संघका बरिस्ठ उपाध्यक्ष राज लावतीले यसै समाचारवाट अनुराेध गर्नु भएकाे छ।
यसरी विश्वभरवाट आएका लाखाै नृत्यकारहरुलाई पछि पार्दै उत्कृष्ट ९ मा पुग्ने राजेश बस्नेत जस्ताे एउटा राम्राे प्रतीभा लाई जिताउन नृत्यकर्मीवाट मात्र नभइ आफ्नाे ठाउ र स्थानिय सरकार कन्काई नगरपालिकावाट पनि “राजेश जिताउ अभियान” सञ्चालन हुनु पर्ने कुरामा बरिस्ठ उपाध्यक्ष लावतीले जाेड दिनु भयाे। राजेश बस्नेत प्रदेश १ र झापाबाट उत्कृष्ट ९ मा पुग्ने १ मात्र प्रतियाेगी हुन।




