नेपाल जेसिस द्वारा पत्रकार नेत्रविक्रम बिमली सम्मानित।

झापा, मोरङ र इलाम जिल्लामा रहेका नेपाल जेसिसका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा रेडक्रसकर्मी एवं हल्दीबारी डट कमका प्रधान सम्पादक नेत्रविक्रम बिमलीलाई कदरपत्रद्वारा सम्मान गरिएको छ।

झापाको प्रसिद्ध धार्मिक स्थल पाउ पाथिभरा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा बिमलीलाई परोपकारी कार्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जीवन रक्षाको महान अभियानमा प्रेरणाको स्रोत बनेको भन्दै सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश सांसद क्षेत्र नम्बर १ ‘क’ का माननीय गोपाल तामाङ, नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकाल, नेपाल जेसिसका २०२५ राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइराला तथा कार्यक्रम संयोजक चाराली जेसिसका २०२५ अध्यक्ष जेसी सुजुक सुवेदी लगायत विशिष्ट व्यक्तिहरूले बिमलीलाई सम्मान गरेका थिए।

सामाजिक सेवामा निरन्तर सक्रिय सञ्चारकर्मी समेत रहेका बिमलीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने उद्देश्यले हालसम्म ११८ पटक शैक्षिक रक्तदान गरी समाजमा अतुलनीय योगदान पुर्‍याएका छन्।

यस सम्मानमार्फत बिमलीको योगदानलाई उजागर गर्दै सामाजिक उत्तरदायित्वमा सक्रिय व्यक्तित्वहरूलाई प्रोत्साहन गरिएको आयोजकले बताएका छन्।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email