ढडुवा बजारमा दुर्घटना न्यूनीकरण अभियान : ६ स्पीड ब्रेकर निर्माण

ढडुवा बजारमा दुर्घटना न्यूनीकरण अभियान : ६ स्पीड ब्रेकर निर्माण

१३ जेठ २०८२, राजेश आचार्य ।

हल्दिबारी गाउँपालिका–३ स्थित ढडुवा बजारमा आज एक विशेष सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। सडक दुर्घटनामा भइरहेको बढ्दो जोखिम न्यूनीकरण गर्न उद्देश्यले आयोजित कार्यक्रममा विविध क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ढडुवा बजार व्यवस्थापन समितिका उपाध्यक्ष तुलसा आचार्यको अध्यक्षता र वडा नं. ३ का अध्यक्ष विष्णु प्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हुलाकी राजमार्ग अन्तर्गत बजार क्षेत्रको पूर्व, पश्चिम र उत्तर दिशामा ६ थान स्पीड ब्रेकर निर्माण गरिएको जानकारी गराइयो। चौकीविरान र रातमाटे सामुदायिक वनको सहयोगमा निर्माण गरिएका स्पीड ब्रेकरहरूले सवारी साधनको गति नियन्त्रण गरी दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा ट्राफिक प्रहरी रामचन्द्र दाहालले ट्राफिक नियम र सुरक्षा उपायहरूबारे जानकारी दिँदै सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रमुख अतिथि ओलीले सबै पक्षको समावेशी सहभागिताको प्रशंसा गर्दै सामाजिक रूपान्तरणका लागि सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा ट्राफिक प्रहरी, सुरक्षा निकाय, सामुदायिक वन, रेडक्रस, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन ढडुवा युवा क्लब र बजार व्यवस्थापन समितिका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares