‘फरइभर मिस सिक्किम’ को ताज जित्न सफल ग्रीस्मिता शर्मा
ग्यान्टोक, सिक्किम
राजस्थानको जयपुरमा आयोजित ब्युटी प्याजेन्टमा ‘फरइभर मिस सिक्किम’ को ताज जित्न सफल हुँदै आगामी डिसम्बरमा आयोजना हुन लागेको ‘फर इभर मिस इन्डिया 2022’ को लागि छनौट हुन सफल भए सगै ग्रीस्मिता शर्माको ख्याती चुलिएको छ ! उक्त प्रतियोगितामा भारतका विभिन्न राज्यका ४० प्रतियोगीहरुले आफ्नो मोडलिङ प्रतिभा प्रस्तुत गरेका थिए !

यश प्रतियोगितामा भाग लिने ग्रीस्मिता सिक्किम को मात्र नभएर नर्थ इस्ट कै एक मात्र प्रतिनिधि हुनेछिन !
स्व. नारद प्रसाद शर्मा र स्व. जुनु शर्माकी छोरी ग्रीस्मिता दक्षिण सिक्किम नाम्फिङ कि बासिन्दा हुन ।

सानै उमेर देखि समाजमा केही उदारणिय कार्य गरेर चिनिने सोच राखेकी ग्रीस्मिताले यश अघि स्थानिय राज्य स्तरका विभिन्न प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै मोडेलका रुपमा आफुलाइ स्थापित गरिसकेकी थिन !




