बाह्रदशीमा युवाहरूको ५ वर्षे विकास दृष्टि माग गर्दै ‘विकास–विचार प्रतियोगिता’ हुने

बाह्रदशीमा युवाहरूको ५ वर्षे विकास दृष्टि माग गर्दै ‘विकास–विचार प्रतियोगिता’ हुने

नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले स्थानीय तहको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण समेट्दै बृहत् ‘विकास–विचार प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ भन्ने मूल नारासहित सुरु हुन लागेको यो प्रतियोगितामा १३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

पालिकाको आठौं पूर्ण बैठकबाट पारित कार्ययोजना अनुसार आयोजना गरिएको यस प्रतियोगिताको मुख्य शीर्षक ‘बाह्रदशी विकासका लागि ५ वर्षे दृष्टि’ राखिएको नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी त्यसको व्यावहारिक समाधान र भावी रणनीतिको खाका युवाहरूको मुखबाट सुन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको अध्यक्ष सापकोटाको भनाई छ । 

प्रतियोगितामा सहभागीहरूले कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी तथा उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा, युवा तथा खेलकुद लगायतका १२ वटा क्षेत्रहरूमध्ये कुनै एक वा सबैलाई समेटेर आफ्नो अवधारणा तयार पार्न सक्नेछन् । प्रस्तुति दिँदा मुख्य रूपमा समस्या, समाधान र ५ वर्षमा बाह्रदशीको रूपरेखा स्पष्ट रूपमा झल्काउनु पर्ने सापकोटाको धारणा छ । 

सहभागिताको मापदण्ड 

बाह्रदशी गाउँपालिका स्थायी ठेगाना भएका वा सो भूगोलमा अध्ययन, पेशा तथा व्यवसाय गर्ने १३ देखि ४० वर्ष उमेर समूहका युवाहरू (सरकारी वा शिक्षण पेशाबाहेक) सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीले बढीमा ५ मिनेटको आफ्नो प्रस्तुतिको भिडियो तयार गरी २०८३ साल असोज २३ गते दिउँसो ४ः०० बजेभित्र आधिकारिक ह्वाट्सएप नम्बर ९८०१४४४७०१९ मा पठाउनुपर्ने छ ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares