बाह्रदशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न:-१३ स्वर्णसहित गौरीशंकर मा.वि. प्रथम

बाह्रदशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न:-१३ स्वर्णसहित गौरीशंकर मा.वि. प्रथम

२८ पुष २०८२, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिका वडा न.५ मा रहेको श्री फुलबारी मा.बि. को खेलमैदानमा भएको बाह्रदशी गाउँपालिका क्षेत्रभित्रका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा गौरीशंकर माध्यमिक विद्यालय प्रथम बनेको छ। ​

गौरीशंकर मा.वि.ले १३ स्वर्ण, ९ रजत र ६ कास्य पदक प्राप्त गरेको छ। यस्तै, फूलबारी माध्यमिक विद्यालय ८ स्वर्ण, ४ रजत र ६ कास्यसहित द्वितीय तथा नमुना माध्यमिक विद्यालय ५ स्वर्ण ४ रजत र ४ कास्यसहित तृतीय बनेका छन्।

बाह्रदशी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा बाह्रदशी गाउँपालिका सामाजिक विकास समितिका संयोजक पञ्चानन राजवंशीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाईको प्रमुख आतिथ्यता साथै बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख योगराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो। राष्ट्रपति रनिङशील प्रतियोगितालाई शिक्षक लोचन गुरागाईले सञ्चालन गर्नुभएको थियो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका क्षेत्रभित्रका संस्थागत र सामुदायिक गरी १४ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए। प्रतियोगितामा भलिबल, कराते, दौड, जेभलिन थ्रो, रिले, हाइ जम्प, त्रिपल जम्प, लङ्ग जम्प लगायतका खेलहरु खेलाइएका थिए।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email