बाह्रदशीले ल्यायो कृषि सिचाइको विद्युत महसुलमा शत प्रतिशत अनुदान
बाह्रदशी गाउपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागी बार्षिक बजेट सार्वजनिक गरे संगै आगामी आर्थिक बर्ष मा कृषि लाई पहिलो प्राथमिकता मा राखेको छ ।

समृद्ध बाह्रदशी को आधार कृषि,शिक्षा,स्वास्थ र पुर्वाधार भन्ने मुल नारा राखेर बाह्रदशी ले १३औं गाउँसभा मा झापाको बाह्रदशी गाउँपालिकाले कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउने उदेश्यले कृषकलाइ कृषि सिचाइ मोटरको विद्युत महशुल बापतको रकम शत प्रतिशत अनुदान दिने गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त बिषय उल्लेख छ ।
बाह्रदशी गाउपालिकामा अधिकांक्ष मानिसहरू कृषि पेशामा आबद्ध छन्।कृषि पेशा लाई नै मुल पेशा बनाएर आफ्नु जीवन निर्वाह गर्ने को संख्या बाह्रदशीमा धेरै रहेको पाइन्छ।त्यसैलाई मध्यनजर गर्दै गाउपालिकाले कृषि क्षेत्रमा माटो र मौसम अनुरुप खेती प्रणाली को बिकास लाई निरन्तरता दिएको छ ।मौसमि तथा बेमौसमी तरकारी खेती,उन्नत धान, तेलहन, मकै,आलु खेतिमा जोड दिएको छ।नस्ल सुधार को माध्यम बाट उन्नत जातको sex.semen को कार्यक्रम संचालन गरि कृषक हरुको दुग्ध उत्पादनमा वृद्दी गरि आयआर्जनको वृद्दी संगै जिवनस्तर लाई उकास्न मद्दत गर्ने,लगायत का थुप्रै कार्यक्रम हरु समेटिएको गाउपालिका अध्यक्ष ले आगामी आर्थिक बर्ष को नीति तथा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो।




