बाह्रदशी उद्योग वाणिज्य सङ्घले ४ दिने गुणस्तर तथा नापतौल शिविर सञ्चालन ।
बाह्रदर्शी गाउँपालिकाको आर्थिक सहयोग र बाह्रदशी उद्योग वाणिज्य सङ्घ को आयोजनामा गुणस्तर तथा नापतौल शिविर आज देखि सञ्चालन भएको छ।

आज देखि सञ्चालन रहेको गुणस्तर तथा नापतौल शिविर चार दिन सम्म सञ्चालन रहने छ।
चार दिन सम्म सञ्चालन रहने उक्त शिविरमा बाह्रदर्शी गाउँपालिका भित्र रहेका व्यवसायीहरूले प्रयोग गर्दै आएका ढक तराजु को गुणस्तर तथा नापतौल को परीक्षण गरिने छ।

बाह्रदशी गाउँपालिका भित्र रहेका ग्राहक महानुभावहरु लाई ठगी हुन बाट जोगाउन तथा राजस्व सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको चार दिवसीय गुणस्तर तथा नापतौल शिविर सञ्चालन गरिएको हो।
आज भएको उद्घाटन कार्यक्रमको अध्यक्षता बाह्रदशी वाणिज्य सङ्घ अध्यक्ष खगेन्द्रबहादुर कार्कीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्ता देवी सिवाकोटीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो। भने कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष भीम कार्की,वडा नम्बर ३ का वडा सदस्य हेमलाल दाहाल,जिल्ला गुणस्तर तथा नापतौल विभागका सहायक निरीक्षक अमित कर्ण लगायत उहाको चारजनाको टोलीको उपस्थित रहेको थियो।
आज देखि सञ्चालन रहेको गुणस्तर तथा नापतौल शिविर कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्तादेवी सुवाकोटी, वडा नम्बर २ का वडा अध्यक्ष भीम कार्की, वडा नम्बर ३ का वडा सदस्य हेमलाल दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त शिविरमा स्थानीय व्यापार व्यवसायीहरूले ल्याएका आफ्ना ढक तराजु को गुणस्तर परीक्षण जिल्ला नापतौल विभाग का सहायक निरीक्षक अमित कर्णले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला नापतौल विभाग का सहायक निरीक्षक अमित कर्ण ले संस्था नवीकरण तथा नयाँ दर्ता गर्ने व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
विगत केही वर्षदेखि यता बारादशी उद्योग वाणिज्य सङ्घले व्यवसायी सञ्चालन गर्ने व्यवसायीहरूको सहजताका लागि हरेक वर्ष यस्ता कार्यक्रम हरू सञ्चालन गर्दै आइरहेको छ। जसले गर्दा व्यापारीहरुलाई जिल्लासम्म गएर आफ्ना ढक तथा तराजु हरूको नापतौल गर्नुपर्ने झन्झट लाई वाणिज्य संघले सहजीकरण गर्दै आइरहेको छ।
चार दिनसम्म सञ्चालन रहेको गुणस्तर तथा नापतौल शिविर पहिलो र दोस्रो दिन बाह्रदशी गाउँपालिका वार्ड नं ३ राजगढ बजारमा सञ्चालन गरिनेछ भने तेस्रो दिन वार्ड नम्बर ५ फुलबारी चोकमा रहेको जेष्ठ नागरिक भवनमा सञ्चालन हुनेछ त्यसैगरी अन्तिम दिन वडा नम्बर ७ को वडा कार्यालयमा सञ्चालन गरी समापन गरिने वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र बहादुर कार्कीले जानकारी गराउनुभयो।
आजबाट सञ्चालन रहेको गुणस्तर तथा नापतौल शिविर कार्यक्रमलाई सञ्चालन वाणिज्य सङ्घका सचिव जयनारायण आचार्यले गर्नुभएको थियो भने उपस्थित सम्पूर्णलाई बाणिज्य संघकी उपाध्यक्ष रेणुका भुर्तेलले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।




