श्री सिद्धिविनायक गणेश मन्दिरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
२० भदौ २०८२, आकाश क्षेत्री ।
श्री सिद्धिविनायक गणेश मन्दिर, बाह्रदशी–२ ले आफ्नो प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ।
मन्दिर परिसरमै सम्पन्न उक्त कार्यक्रममा बाह्रदशी गाउँपालिका–२ का वडा अध्यक्ष भीम बहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो भने मन्दिरका अध्यक्ष खड्ग बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा वडा सदस्य युवराज ढकाल, मन्दिर समितिका सल्लाहकार सदस्य प्रेम बहादुर घिमिरे, लिटल स्टार अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक हर बहादुर राजबंशी, विद्यालयकी संस्थापक माया राजबंशी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा मन्दिरलाई विशिष्ट सहयोग गर्ने दानवीर दाताहरुलाई सम्मान गरिएको थियो। बन्द सत्र र खुला सत्र गरी दुई चरणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भीम बहादुर कार्की, सल्लाहकार सदस्य प्रेम बहादुर घिमिरे, लिटल स्टार अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक हर बहादुर राजबंशी लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसै अवसरमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति तथा लेखा समिति गठन गरिएको छ।
नयाँ कार्यसमिति
अध्यक्ष : खड्ग बहादुर कार्की
उपाध्यक्ष : रिता थापा बुढाथोकी
सचिव : प्रेम बिष्ट
कोषाध्यक्ष : नवीन चन्द्र अधिकारी
सदस्य : अग्नि प्रसाद बिष्ट
सदस्य : देवकला बुढाथोकी कार्की
सदस्य : गोविन्द बानिया
सदस्य : भीम बहादुर घिमिरे
सदस्य : हिरा सापकोटा
लेखा समिति
संयोजक : कृष्ण घिमिरे
सदस्य : पुष्पा तिलिङ
सदस्य : डेविट चौहान
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष अमृत बहादुर बुढाथोकीले राख्नुभएको थियो भने सञ्चालन नव–निर्वाचित सचिव प्रेम बिष्टले गर्नुभएको थियो।



