बाह्रदशी जेसीज:-सप्ताह कार्यक्रमको तेस्रो कार्यक्रम शिक्षण तालिम सम्पन्न ।
बाह्रदशी। प्रगतिशील शिक्षा – शताब्दीको आवश्यक्ता भन्ने उदेश्यका साथ बाह्रदशी जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत बाह्रदशी जेसीजले आज संस्थागत विद्यालयका ३५ जना शिक्षिकाहरूलाई शिक्षण तालिमको आयोजना गरी सम्पन्न गरेको छ।

बाह्रदशी जेसीज का अध्यक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका का शिक्षा शाखा प्रमुख योगराज पौडेलको प्रमुख आतिथ्यमा जेसीज सप्ताह कार्यक्रम अन्तर्गतको शिक्षण तालिम कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा उपाध्यक्ष गोपाल उप्रेतीले आस्था वाचन र मिसन भिजन बाचन गरेका थिए।
सप्ताह कार्यक्रमका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा बाह्रदशी जेसीजका पूर्व अध्यक्ष तथा बर्ष २०२५ का लागी प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद उप्रेती, संस्थागत विद्यालय एन प्याब्सन कोशी प्रदेश उपाध्यक्ष रामकुमार सिंह राजवंशी,प्याब्सन बाह्रदशी कोषाध्यक्ष स्मिता राजवंशी लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
बाह्रदशी जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत आज सम्पन्न भएको तेस्रो कार्यक्रम शिक्षण प्रशिक्षण कार्यक्रम लाई सहजीकरण पुष्पाञ्जली ठकुरीले गर्नु भएको थियो भने प्रशिक्षार्थीको तर्फबाट ज्ञानज्योति माध्यमिक विद्यालय कि शिक्षिका सुजता सियाकोटी ले बाह्रदशी जेसीजले आयोजना गरेको शिक्षण प्रशिक्षण कार्यक्रम निकै उत्कृष्ट र उपयोगी रहेको भन्दै बाह्रदशी जेसीज लाई धन्यवाद व्यक्त गर्नु भएको थियो।
त्यस्तै शिक्षण प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख योगराज पौडेलले बाह्रदशी जेसीजले समाजमा गर्दै आएका उत्कृष्ट कार्यहरूको खुलेर प्रशंसा गर्नुभएको थियो साथै शिक्षा शाखाले आयोजना गर्नुपर्ने शिक्षण प्रशिक्षण कार्यक्रम बाह्रदशी जेसिसले आयोजना गरेर उदाहरणीय काम गरेको भन्दै बाह्रदशी जेसीजलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।
प्रशिक्षण कार्यक्रममा कार्यक्रम का अध्यक्ष वर्ष २०२५ का अध्यक्ष जेसी तीर्थप्रसाद काफ्लेले प्रशिक्षण लिन आएर कार्यक्रम सफल बनाइदिएकोमा संस्थागत विद्यालयका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई वर्ष २०२५ कि महासचिव सदिक्षा खड्काले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको समापन शिक्षण तालिम कार्यक्रमका संयोजक गोकुल घिमिरेले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।




