खाडि गाउँ युवा परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न।

आकाश क्षेत्री,२०८२-०७-१०

बाह्रदशी। खाडि गाउँ युवा परिवार देउसी भैलो कार्यक्रम आज बाट समापन भएको छ।

नेपालीहरुको दोश्रो महान पर्व भाइटिका को उपलक्ष्यमा आफ्नु कला संस्कृति र परापूर्वककाल देखि मनाउँदै आएको देउसी भैलो आज एक कार्यक्रमको आयोजना गरिएको समापन गरिएको हो।

लक्ष्मिपुजा को दिन देखि सुरु गरिएको देउसी भैलो कार्यक्रमलाई आज देउसी भैलो खेल्दै तथा विभिन्न जातजातिहरुको संस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै समापन गरिएको हो समापन कार्यक्रमलाई खाडि गाउँ युवा परिवार अरूण लामा ले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा खाडि गाउँ युवा परिवारका उपाध्यक्ष प्रेम लिम्बू स्वागत मन्तब्य राख्नु भएको थियो भने ६ दिन सम्म सञ्चालन गरेको देउसी भैलो कार्यक्रम बाट २ लाख ६९ हजार ३सय ६०रूपैया संकलन गरिएको थियो।.कार्यक्रममा स्थानिय समाजशेबी हरू को बाक्लो मात्रा मा सहभागिता रहेको थियो।आफ्नो परम्परा जोगाउनु पर्छ कला साहित्य मर्नदिनु हुँद‌‌‌न।जगेर्ना हामिले गर्नु पर्छ भन्दै अध्यक्ष लामा ले कार्यक्रम समापन गर्नु भऐको थियो ।कार्यक्रमलाई आकाश क्षेत्री( Mr Villa) ले सञ्चालन गर्नु भएको थियो भने समापन कार्यक्रममा सम्पूर्ण कलाकार , देउसीभैलो कार्यक्रम लाई सहयोग पुर्याउनु हुने सम्पूर्ण लाई खादा सहित सम्मान पत्रले सम्मान गरिएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares