“यो मन त मेरो नेपाली हो” को पहिलो चरण को छायांकन सम्पन्न ।

“यो मन त मेरो नेपाली हो” को पहिलो चरण को  छायांकन सम्पन्न ।

झापा । चलचित्र ‘यो मन त मेरो नेपाली हो’  को पहिलो चरणको छायांकन सकिएको छ। अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो।

चलचित्रको बाँकी छायांकन अमेरिकामा हुने चलचित्रका निर्देशन मित्र प्रधानले बताए। नेपालको झापा, इलाम साथै भारतको सिकिम,दार्जीलिङ,जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो। चलचित्रकी नायिका मेरो डान्स कप युएसएको फस्ट रनर अफ आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडेकी छन्। चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन मन्त्री, सुबास भण्डारी,बिजय सुब्बा लगायतको मुख्य भुमिका रहनेछ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर)  को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ। चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपालीको हुन भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , कविराज गहतराजको कोरियोग्राफी रहने छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल दिवाना र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares